राजस्व अनुसन्धानले फेरि समात्यो भन्सार छलेर ल्याइएको एक ट्रक समान

राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले भन्सार छलृर ल्याएको अर्को एक ट्रक सामान नियन्त्रणमा लिएको छ। राजस्व अनुसन्धानको टोलीले सिरहाको माडर भन्सार छलेर ल्याएको लत्ताकपडा ट्रकमा राखेर लैजाँदै गर्दा ट्रकसहित नियन्त्रणमा लिएको...

सम्बन्धित सामग्री

१० हजार किलो खुर्सानी नष्ट

भन्सार छलेर ल्याइएको १० हजार किलो हरियो खुर्सानी राजस्व अनुसन्धान कार्यालयले नष्ट गरेको छ । प्रज्ञापन पत्रमा ४ सय किलो उल्लेख गरेर १० हजार किलो भारतीय नम्बरको ट्रक उक्त कार्यालयले गत मंगलबार नियन्त्रणमा लिएको थियो ।

‘भन्सार छलेर १५०० ट्रक कपडा भित्रिएको कथा’

२०७८ फागुनको कुरा हो, काठमाडौंको दरबारमार्ग क्षेत्रमा व्यापार गर्ने एक व्यापारीले अस्वाभाविक रूपमा भन्सार, राजस्व र प्रहरी प्रशासनसँग निकटता बढाउँछन् । नेपालमा महिलाहरूका लागि बुटिकमा प्रयोग हुने कपडा र पुरुषहरूको शर्टिङ-शुटिङको कपडा भरिएका १५०० ट्रक सीमापारिको सामान नेपाल ल्याउने उनको उद्देश्य हुन्छ । यदि कर्मचारी प्रशासनबाट सहयोग हुन्छ भने हामी त्यो सामान नेपाल ल्याउन सक्छौं […]

भन्सार छलेर ल्याएका ३ ट्रक सामान थानकोटबाट बरामद

भन्सार छलेर वीरगञ्जबाट काठमाडौं ल्याएको सामान प्रहरीले बरामद गरेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–४ स्थित त्रिभुवन पार्कबाट ३ ट्रक सामान बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । भन्सार छलेर ल्याएका कपडा, किराना सामग्री, स्टेशनरी र मोटरसाइकलका पाटपुर्जा र भाँडा वर्तन बरामद गरिएको छ । बरामद गरिएको सामान राजस्व अनुसन्धान विभागमा पठाइएको एसपी मैनालीले जानकारी दिए ।सो सामान ना.६ ख. ८९ नम्बरको ट्रक, ना.६ ख. ७१ नम्बर र ना.७ ख. ९३२ नम्बरको ट्

भन्सार छलेर सामान ल्याउने भारतीय ट्रक नियन्त्रणमा

विशेषगरी, पूर्वका जोगवनी र झापाको काकडभिट्टा नाकाबाट अवैध सामान नेपाल भित्रिने गरेको छ। पछिल्लो समय काकडभिट्टा नाकाबाट बढी सामान भित्रिने गरेको राजस्व अनुसन्धान एकाई इटहरीका प्रमुख तीर्थराज खनाल बताए।...

भारतबाट भन्सार छलेर ल्याइएको मल धादिङमा किसानले लुटे

काठमाडौँ- भारतबाट भन्सार छलेर नेपाल भित्राएको आशंकामा राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको मल धादिङमा किसानले कब्जामा लिएर वितरण गरेका छन्। शनिबार धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ६ को धार्के बजारमा रासायनिक मल बोकेको २ वटा ट्रक नियन्त्रणमा लिएर रासायनिक मल लुटपाट गरेका हुन् । भारतबाट भन्सार छली गरेर ल्याइएको र राजस्व विभागले कब्जामा लिएर काठमाडौं […]

धादिङमा स्थानीयले लुटे ट्रकबाटै रासायनिक मल

काठमाडौं । धादिङको धार्केमा स्थानीयले राजमार्गमै ट्रकबाट रासायनिक मल खोसेर लगेका छन् । भन्सार छलेर ल्याएको दुई ट्रक मल शनिबार राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएर काठमाडौं ल्याइरहेको अवस्थामा स्थानीयले बाटोमै लुटेका हुन् । धार्केबजारबाट उक्त मल स्थानीयले खोसेका हुन् । स्थानीयले दुईवटा ट्रकमा रहेको मल कब्जा गरेको बताइएको छ । अहिले ट्रक...

भन्सार छलीको सामान नियन्त्रणमा

वीरगञ्ज (अस) । भन्सार छलेर भित्रिएको मालसामान लोड भएको ट्रक र चालकलाई पर्सा प्रहरीले राजस्व अनुसन्धानको जिम्मा लगाएको छ । प्रहरीले ट्रक र चालक चितवन राप्ती ४ का सुरेशकुमार लामालाई आइतवार अनुसन्धानको पथलैयास्थित कार्यालयमा पुर्‍याएको हो । बिलबिजकभन्दा बढी खुद्रा मालसामान र औषधि लोड गरी पोखरा लैजाँदै गरेको अवस्थामा ना ६ ख ६६६७ नम्बरको मालवाहक ट्रक वीरगञ्जको घण्टाघरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए । भन्सार छली गरी ल्याइएका खुद्रा सामान तथा औषधि फेला परेको प्रहरी नायव उपरीक्षक खनालले बताए । मालसामानको मूल्य ६५ लाख रुपैयाँबराबर रहेको प्रहरीले बताएको छ ।

भन्सार छलेर भित्रिएको सामान प्रहरीले राजस्व अनुसन्धानलाई बुझायो

पुस १८, वीरगञ्ज । भन्सार छलेर भित्रिएको मासलमान लोड भएको ट्रक र चालकलाई पर्सा प्रहरीले राजस्व अनुसन्धानको जिम्मा लगाएको छ ।  प्रहरीले ट्रक र चालक चितवन राप्ती ४ का सुरेशकुमार लामालाई आइतवार पथलैयास्थित कार्यालयमा पुर्‍याएको हो । विलविजकभन्दा बढी खुद्रा मालसमान र औषधी लोड गरी पोखरा लैजाँदै गरेको अवस्थामा ना ६ ख ६६६७ नम्बरको मालवाहक ट्रक वीरगञ्जको घण्टाघरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए ।  भन्सार छली ल्याइएका खुद्रा सामानहरू तथा औषधी फेला परेको प्रहरी नायव उपरीक्षक खनालले बताए । मालसामानको मूल्य ६५ लाख रुपैयाँ बराबर रहेको प्रहरीले बताएको छ ।

भन्सार छलिएको सामान पर्सा प्रहरीले राजस्व अनुसन्धानमा बुझायो

पुस १०, वीरगञ्ज । भन्सार छलेर बीलविजकभन्दा बढी मालसामान बोकेको ट्रक र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले राजस्व अनुसन्धानको जिम्मा लगाएको छ ।  लत्ताकपडा तथा खुद्रा मालबस्तुहरू लोड गरी वीरगञ्जबाट हेटौंडा जाँदै गरेको शुक्रवार राति वीरगञ्जको घण्टाघरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए ।  ना ३ ख ७४८ नम्बरको मालवाहक ट्रकमा लोड भएको सामानको मूल्य करीब २५ लाख रुपैयाँबराबर भएको प्रहरीको अनुमान छ ।  चालक मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालिका वडा नं १० का प्रेमबहादुर स्याङ्बो तामाङलाई समेत कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको खनालले जानकारी दिए ।