भन्सार छलिएको सामान पर्सा प्रहरीले राजस्व अनुसन्धानमा बुझायो

पुस १०, वीरगञ्ज । भन्सार छलेर बीलविजकभन्दा बढी मालसामान बोकेको ट्रक र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले राजस्व अनुसन्धानको जिम्मा लगाएको छ ।  लत्ताकपडा तथा खुद्रा मालबस्तुहरू लोड गरी वीरगञ्जबाट हेटौंडा जाँदै गरेको शुक्रवार राति वीरगञ्जको घण्टाघरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए ।  ना ३ ख ७४८ नम्बरको मालवाहक ट्रकमा लोड भएको सामानको मूल्य करीब २५ लाख रुपैयाँबराबर भएको प्रहरीको अनुमान छ ।  चालक मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालिका वडा नं १० का प्रेमबहादुर स्याङ्बो तामाङलाई समेत कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको खनालले जानकारी दिए । 

सम्बन्धित सामग्री

कञ्चनपुरमा २१ बराबरको अवैध सामान बरामद

महेन्द्रनगर– प्रहरीले कञ्चनपुरमा २१ बराबरको अवैध सामान बरामद गरेको छ । भारतबाट लुकिछिपी ल्याउने अवैध सामान नियन्त्रणमा प्रहरीले सक्रियता बढाएसँगै राजस्व संकलनमा समेत वृद्धि भएको छ । भारतसित सीमाना जोडिएको कञ्चनपुरमा ठूला व्यापारी नै भन्सार छलेर लाखौँको सामान ल्याउने गरेको पाएपछि पछिल्लो समय कञ्चनपुर प्रहरीले दिनहुँ छापा मार्न थालेको छ । दुई दिनयता जिल्ला प्रहरी […]

राजस्व अनुसन्धानले फेरि समात्यो भन्सार छलेर ल्याइएको एक ट्रक समान

राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले भन्सार छलृर ल्याएको अर्को एक ट्रक सामान नियन्त्रणमा लिएको छ। राजस्व अनुसन्धानको टोलीले सिरहाको माडर भन्सार छलेर ल्याएको लत्ताकपडा ट्रकमा राखेर लैजाँदै गर्दा ट्रकसहित नियन्त्रणमा लिएको...

अनुगमनबाट थप साढे ५६ करोड राजस्व असुली

भन्सार विभागले अनुगमनबाट थप ५६ करोड ६७ लाख रुपैयाँ राजस्व असुली गरेको छ । भन्सारमा राजस्व छली गरी सामान भित्र्याउने क्रममा विभागले अनलाइनमार्फत अनुगमन गरी उक्त राजस्व असुली गरेको छ । आलू आर्थिक वर्षको साउनदेखि जेठ २७ सम्म विभागले भन्सार राजस्व ३ खर्ब ५१ अर्ब रुपैयाँ उठाएकोमध्ये थप अनुगमनबाट ५६ करोठ ६७ लाख ६५ हजार […]

भन्सार छलेर ल्याएका ३ ट्रक सामान थानकोटबाट बरामद

भन्सार छलेर वीरगञ्जबाट काठमाडौं ल्याएको सामान प्रहरीले बरामद गरेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–४ स्थित त्रिभुवन पार्कबाट ३ ट्रक सामान बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । भन्सार छलेर ल्याएका कपडा, किराना सामग्री, स्टेशनरी र मोटरसाइकलका पाटपुर्जा र भाँडा वर्तन बरामद गरिएको छ । बरामद गरिएको सामान राजस्व अनुसन्धान विभागमा पठाइएको एसपी मैनालीले जानकारी दिए ।सो सामान ना.६ ख. ८९ नम्बरको ट्रक, ना.६ ख. ७१ नम्बर र ना.७ ख. ९३२ नम्बरको ट्

भद्रपुर भन्सार कार्यालयमा लक्ष्यभन्दा कम राजस्व असुली

भद्रपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यको तुलनामा ५६ दशमलव ६७ प्रतिशतमात्र राजस्व असुली भएको जनाएको छ । सूचना अधिकारी प्रभुनारायण मेहताले एक वर्षको अवधिमा भन्सारले ४२ करोड ५८ लाख ३३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा २४ करोड १३ लाख ३६ हजार ६०४ रकम असुली गरेको बताए ।उनका अनुसार कोभिड–१९ को असर र ठूला व्यापारीले यो नाकाको प्रयोग नगर्ने, साना व्यापारीले मात्र सामान आयात गर्ने हुँदा पनि राजस्व असुलीमा प्रभाव परेको हो । उनले कोभिड–१९ का कारण लामो समय नाका बन्द हु

तातोपानीबाट लक्ष्यको दोब्बर बढी राजस्व उठाइयो

सिन्धुपाल्चोक : चीनसँगको उत्तरी नाका तातोपानी भन्सारबाट गत आर्थिक वर्षमा तीन अर्ब ४२ करोड राजस्व सङ्कलन भएको छ। यो लक्ष्यभन्दा दोब्बरभन्दा बढी हो। कोरोना महामारी, बाढीपहिरो तथा चीनबाट सामग्री आयातमा कमीलगायत विविध समस्याका बाबजुत गत आर्थिक वर्षको असारसम्म दोब्बरभन्दा बढी राजस्व सङ्कलन भएकोे तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नाराद गौतमले जानकारी दिए। उनका अनुसार लक्ष्य एक अर्ब ४६ करोड रहेकामा तीन अर्ब ४२ करोड अर्थात् २३३ प्रतिशत राजस्व उठेको हो। सामान आयात, मापदण्डको पालना

भन्सार छलेर सामान ल्याउने भारतीय ट्रक नियन्त्रणमा

विशेषगरी, पूर्वका जोगवनी र झापाको काकडभिट्टा नाकाबाट अवैध सामान नेपाल भित्रिने गरेको छ। पछिल्लो समय काकडभिट्टा नाकाबाट बढी सामान भित्रिने गरेको राजस्व अनुसन्धान एकाई इटहरीका प्रमुख तीर्थराज खनाल बताए।...

भन्सार दिवसको सार्थकता

जनवरी २६, विश्व भन्सार दिवस । विश्वका कैयन् देशहरू आफ्ना उत्पादनहरू निकासीबाट भन्सार राजस्व वृद्धि गर्न तल्लीन छन् । हामी पनि भन्सार राजस्वमा मक्ख छौँ तर निकासीबाट होइन, आयातबाट । नाना, खाना, छानाका सामान र खास गरी दैनिक प्रयोगमा आउने चर्को आयतनको पेट्रोलियम पदार्थको आयातको भन्सार राजस्वबाट हामी उत्साहित भएका छौँ, खासगरी सरकार । त्यसो […]

भन्सार तिरेको सामान नियन्त्रणमा लिएपछि व्यापारीको प्रतिकार

झापा : राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले भद्रपुर भन्सार कार्यालयबाट राजस्व तिरेको सामान नियन्त्रणमा लिएपछि व्यापारी र कारोबारीले प्रतिकार गरेका छन्।मंगलबार अंशु इन्टरप्राइजेज बिर्तामोडको फर्ममा भद्रपुरका कपडा व्यापारी रञ्जित रायाले दुई पोका कपडा राजस्व तिरेर भ्यानमा लैजाँदै थिए। भन्सारदेखि ५० मिटर दूरीमा प्रहरी चेकपोष्टमा इन्ट्री गराएलगत्तै राजस्व अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृत रमेश ओझाको नेतृत्वको टोलीले भ्यान नियन्त्रणमा लिएको थियो।नियन्त्रणमा लिएका कपडा अनुसन्धान अधिकृत ओझाले इट

भन्सार छलीको सामानसहितको ट्रक नियन्त्रणमा

२७ भदौ, वीरगञ्ज । सशस्त्र प्रहरीले राजस्व छलीको समान बोकेको एउटा ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज–१७ अलौंस्थित आईसीपी रोडबाट ना २ ख ९३५७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । बिल विजकमाभन्दा फरक भन्सार छलीको सामान ट्रकमा रहेको सूचना सशस्त्र प्रहरीले पाएको थियो । सोही सूचनाको आधारमा सशस्त्र प्रहरी निरीक्षक राजेश्वर प्रसाद साह नेतृत्वको टोलीले […]