जाजरकोट - जाजरकाेटकाे कुशे गाउँपालिका–१ धाउनीमा अरिङ्गालले चिलेर दुई जना बालिकाको ज्यान गएकाे छ । ज्यान गुमाउनेमा वीरबहादुर सिंहका दुई छाेरीहरु ९ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता सिंह रहेका छन् ।
सुस्मिताकाे आइतवार बेलुकी र निर्जलाकाे उपचारका लागि अस्पताल लैजाँदै गर्दा हिजाे साेमवार ज्यान गएकाे टालेगाउँ स्वास्थ्यचौकीका प्रमुख शेरबहादुर बस्नेतले जानकारी दिनुभयाे ।
बालिकाको साथमा रहेकी हजुरआमा बिजुली सिंहसमेत अरिङ्गालले चिलेर बिरामी हुनु...