इलाम नगरपालिकाको पर्यटन सद्भावना दूतमा नियुक्त कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जन र इलाम नगरपालिकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । इलाम नगरपालिकाको प्रमुख महेश बस्नेत र उपप्रमुख सुशीला नेम्वाङको उपस्थितिमा नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत कालीबहादुर भुजेल र सद्भावना दूतमा नियुक्त विश्व कीर्तिमानी आरोही महर्जनले हस्ताक्षर गरेका हुन् ।महर्जनले २०७५ जेठ ९ गते नेपालतिरबाट र २०७६ जेठ ९ गतेकै दिन तिब्बती मोहोडाबाट सगरमाथाको आरोहण गरेकी हुन् । पत्रकारितामा क्रियाशील महर्