काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेतासहित सिट बाँडफाँड कार्यदलको बैठक फेरि भोलि बिहान ८ बजे बस्ने गरी सकिएको छ।आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेका नेताहरू आज साँझ पनि करिब ३ घण्टा बसेर निस्किएका छन्। आजको बैठकमा दलहरू आफूले दाबी गरेका सिटभन्दा केही घटाउन तयार भएकाले सकारात्मक भएको समिति सदस्य हिमलाल पुरीले थाहाखबरलाई जानकारी दिएका छन्।पछिल्ला बैठकमा सत्ता गठबन्धनका शीर्ष नेताहरूले प्रत्यक्षतर्फ सिट बाँडफाँड समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गरिरहेका छन्। मंसिर ४ मा हु