निर्णयका विषयमा जिज्ञासा राख्दा सिसिएम नेपालका अध्यक्ष समेत रहेका स्वास्थ्य सचिव डा रोशन पोखरेलले 'अनुदान सरकारी संयन्त्रबाट नै परिचालन हुनुपर्छ भन्ने विषयमा सर्वसम्मत निर्णय भएको जानकारी दिँदै थप कुराकानी गर्न चाहेनन्। 'यो विषयमा अहिले नै बोल्ने समय आइसकेको छैन। सिसिएमले नेपाल सरकार नै पिआर बन्ने सर्वसम्मत निर्णय गरेको छ। अरु विषयमा अहिले नै बोल्नु परिपक्व हुँदैन।'