अलपत्र खेलमैदान निर्माण गर्न नगरपालिकाको ध्यानाकर्षण
फिदिम मावि खेलमैदान निर्माणका लागि ठेक्का लिएर सम्पर्कविहीन भएको निर्माण कम्पनीलाई १५ दिनभित्र सम्पर्कमा आएर काम सुरु गर्न फिदिम नगरपालिकाले सचेत गराएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडक स्तरोन्नतिको काम अलपत्र छाडेर भाग्ने निर्माण व्यवसायीको मेसिनरी औजार नियन्त्रणमा लिएको छ । नगरपालिकाले मेसिनरी औजार नियन्त्रणमा लिएपछि छुटाउनका लागि राजनीतिक दबाब आउन थालेको नगर प्रमुख...
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडक स्तरोन्नतिको काम अलपत्र छाडेर भाग्ने निर्माण व्यवसायीको मेसिनरी औजार नियन्त्रणमा लिएको छ।
जिल्लाको दक्षिणी क्षेत्र जोड्ने दिक्तेल–खोटाङबजार सडकखण्ड अन्तरगत दिक्तेलस्थित अस्पतालचोकदेखि लफ्याङको दुबेचिवासम्मको (तीन किलोमिटर) सडक...
महेन्द्रनगर, ३० चैत । कञ्चनपुरको दक्षिणी क्षेत्रमा निर्माणाधीन हुलाकी सडकको डेढ किलोमिटर सडक निर्माण चार वर्षदेखि अलपत्र छ । डोकेबजारदेखि बेदकोट नगरपालिकाको दैजीसम्म निर्माण हुने ६२ किलोमिटर सडकमध्ये ३६ किलोमिटर भने कालोपत्र भइसकेको छ । तीन चरणमा निर्माण भइरहेको उक्त सडकको पहिलो चरणअन्तर्गत (डोकेबजारदेखि बेलौरीसम्म)को निर्माण अन्तिम चरणमा भइरहेको हुलाकी राजमार्ग योजना कार्यालय धनगढीले जनाएको […]
भेरी करिडोरका आधा दर्जन पुल अलपत्र परेका छन् । क्याराभान कन्स्ट्रक्सनले ठेक्का सकारेका जाजरकोट–डोल्पा सडक खण्डमा पर्ने आधा दर्जन पुल अलपत्र परेका हुन् । सडक विभागको पुल महाशाखाबाट ३६ महिनाभित्र निर्माण गर्ने गरी बोलपत्र गरिएको थियो । ठेक्का लिएको एक वर्ष बित्दासम्म काम नै सुरु भएको छैन । नलगाड नगरपालिकाको ताँसुगाड पुल, मैदेखोला, तात्रगाड, झुम्रेखोला […]
गुल्मी । गुल्मीको मुसीकोट नगरपालिका अन्तर्गत बढिघाट खोलामा निर्माणाधीन अवस्थामा भाँचिएर अलपत्र परेको पक्की पुलको निर्माण शुरू भएको छ । अलपत्र अवस्थामा परेको चार वर्षपछि निर्माण शुरू गरिएको हो । मुसीकोट नगरपालिका–७ देखि मुसिकोटकै २, ३ र ४ नम्बर वडालाई जोड्ने उक्त पक्की पुल निर्माणकै क्रममा दुई पटकसम्म भाँचिएपछि अलपत्र अवस्थामा थियो । दुई पटकसम्म भाँचिएको पुल हाल डिजाइन परिवर्तन गरी जलप नेपाल प्रालिले निर्माण शुरू गरेको हो ।
पुल स्वीस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा रू. दुई करोड ५० लाखमा निर्माण हुन लागेको हो । पुल निर्माणका लागि दुवैतिर फाउण्डेशनको काम पूरा भइसकेको हुँदा अहिले पुनर्निर्माण स्थलसम्म पुग्न सडक विस्तारको काम भइरहेको निर्माण व्यवसायी प्रतिनिधि अनिष पौडेलले जानकारी दिए । उनका अनुसार आगामी असोजसम्म पुल निर्माण सम्पन्न हुनेछ ।
पहिलोपटक २०७६ वैशाखमा निर्माण अन्तिम चरणमा पुग्दै गर्दा खोलामा बाढी आएपछि टेको भासिँदा पुल भत्किएको थियो भने दोस्रो पटक पनि निर्माण शुरू भएको एक वर्षपछि त्यस्तै कारणले पुन: पुल भाँचिएको थियो । पुलको निर्माण तत्कालै शुरू गर्न नगरपालिकाको तर्फबाट पटक–पटक सम्बन्धित निकायमा पहल गरेपछि काम शुरू हुन लागेको मुसीकोट नगरपालिका प्रमुख जीवन खरेलले बताए । उनले ढिलै भए पनि काम शुरू हुन लागेको हुँदा यो पटक तोकिएकै मितिमा पुल निर्माण हुने कुरामा आफूहरू पूर्ण आशावादी रहेको बताए । मुसीकोट नगरपालिकाको बढीगाढ खोलामाथि निर्माण हुन लागेको ट्रस बोर्डर प्रविधिमा आधारित उक्त पुलको लम्बाइ ५५ मिटर रहेको छ । रासस
उदयपुर । उदयपुरको कटारी नगरपालिका–४ मा दुई वर्षअघि निर्माण गरिएको शीतभण्डार प्रयोगविहीन अवस्थामा रहेको छ । कृषकको उत्पादन भण्डारण गर्ने उद्देश्यले रु १८ लाख लागतमा निर्माण गरिएको शीतभण्डार अलपत्र अवस्थामा पुगेको हो ।
हेल्भेटास
खोटाङ – सडक स्तरोन्नतिको काम अलपत्र छाडेर हिँड्न लागेको भन्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले निर्माण कम्पनीको एक्स्काभेटर र व्याकहो लोडरमा ताला लगाएको छ। दिक्तेल-खोटाङबजार सडक अन्तरगत अस्पताल चोक-लफ्याङको दुबेचिवा (तीन किलोमिटर) सडक स्तरोन्नतिको काम अलपत्र छाडेर हिँड्न लागेको भन्दै नगरपालिकाले आइतबार निर्माण कम्पनी काम ढुकुछु/बगाले/बिएनटी जेभीको एउटा एक्स्काभेटर र एउटा व्याकहो लोडरमा ताला लगाएको […]
नन्दराम जैसी (गौतम)सुर्खेत : तीन प्रदेश जोड्ने उद्देश्यले सुर्खेतको भेरी नदीमा बनाउन थालिएको पक्की पुल निर्माण कार्य अलपत्र छ। ठकेदारको लापरवाहीले सुर्खेतको बराहताल गाउँपालिका र वीरेन्द्रनगर नगरपालिकाको सिमाना रानीघाटस्थित भेरी नदीमा बन्न लागेको पुल अलपत्र परेको हो। कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेश जोड्ने उद्देश्यले २०६९ असार २९ गते ठेक्का सम्झौता गरी पप्पु–मल्ल जेभी कन्स्ट्रक्सनले पुल निर्माण कार्य थालेको थियो। तर‚ पुल निर्माण सुरु भएको नौ वर्ष बित्दासमेत तीनवटा पिलरमात्र
जाजरकोट, ७ मंसिर । तल्लो डोल्पालाइ लक्षित गरि डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको मेसिनेचौर निर्माण गरिएको विमानस्थल । यो विमानस्थल निर्माण भएको वर्षौ बितेपनि स्तरोन्नती नहुँदा अहिले सम्म उडान सुरु हुन सकेको छैन । तस्वीरः हेमन्त केसी रासस