कोभिड–१९ को महामारीमा संक्रमणको परवाह नगरी फ्रन्टलाइनमा बिरामीको सेवामा दिनरात खटिने चिकित्सक, नर्स, फार्मेसिष्ट लगायत सबै स्वास्थ्यकर्मीहरुका लागि नेपाल टेलिकमले ‘धन्यवाद स्वास्थ्यकर्मी अफर’ सञ्चालनमा ल्याएको छ ।
स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्न र थप हौसला प्रदान गर्नका लागि अफर उपलब्ध गराउने भएको टेलिकमले जनाएको छ ।
यस सम्बन्धी सम्झौतामा आइतवार टेलिकम र नेपाल चिकित्सक परिषद/नेपाल नर्सिंंग परिषद/नेपाल फर्मासिष्ट परिषद/नेपाल स्वास्थ्य व्यवसायी परिषद र नेपाल आयुर्वेदिक परिषदबीच हस्ताक्षर भएको छ ।
य...