नेपालमा पनि शुरू भयो डिजिटल शान्तिबारे प्रशिक्षण, के हो 'डिजिटल शान्ति' ?

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाका विद्यार्थीलाई डिजिटल शान्ति निर्माणबारे प्रशिक्षण दिइएको छ । गैँडाकोटका आठ सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई इन्टरनेट चलाउँदा अपनाउनुपर्ने सावधानीबारे प्रशिक्षण दिइएको हो ।  इन्टरनेट जडान गरिएको मोबाइल, ल्यापटप, कम्प्युटर चलाउँदा अपनाउनुपर्ने सावधानीबारे विद्यार्थीलाई जानकारी दिइएको प्रशिक्षक एवं पत्रकार कृष्ण सापकोटाले बताए ।  पछिल्लो समय इन्टरनेटको बढ्दो दुरुपयोगसँगै भएका विभिन्न खालका घटनाका बारेमा विद्यार्थीलाई सचेत पारिएको उनको भनाइ छ । प्रशिक्षणका क्रममा विद्यार्थीलाई भ्रामक तथा गलत सूचना, व्यक्तिगत गोपनीयता, घृणास्पद अभिव्यक्ति, अनलाइन बाल दुव्र्यवहार, साइबर बुलिङ, अनलाइन ठगीलगायतका विभिन्न विषयमा जानकारी गराइएको उनले बताए । गभर्नेन्स इन्टरनेसनल नेपाल (जीआइएन)का प्रशिक्षक सञ्जीव घिमिरेले पछिल्लो समय सबै जना चाहेर वा नचाहेर डिजिटल वल्र्डको हिस्सा बनेको भन्दै इन्टरनेटको प्रयोगबारे सचेत हुनुपर्नेमा जोड दिए । “पछिल्लो समय अनलाइन व्यवसाय, अनलाइन बैंकिङ प्रणाली, सामाजिक सञ्जाल, ई–कमर्स, ई–पेमेन्टलगायतमा सबैको पहुँच बढ्दै गइरहेको छ”, उनले भने, “डिजिटल वल्र्डमा सबैलाई सहज भएको छ । तर यसको सहीरूपमा प्रयोग नभइ दुरुपयोग बढ्नाले मानिसहरू विभिन्न झमेलामा पर्ने गरेका छन् ।” इन्टरनेटको माध्यमबाट डिजिटल उपकरण चलाउँदा यसको सकारात्मक प्रयोग गर्नुपर्ने घिमिरेले बताए ।  कक्षा ८ देखि १२ सम्म अध्ययनरत ६० विद्यार्थी र सात जना शिक्षकलाई डिजिटल शान्ति निर्माणबारे प्रशिक्षण दिइएको थियो । विद्यालयमा सामाजिक अध्ययन विषय अध्यापन गराउने शिक्षकहरू सहभागी रहनुभएको विजय सामुदायिक शिक्षा सदनका प्रधानाध्यापक रेखा श्रेष्ठले बताइन् । इन्टरनेटको माध्यमबाट मानिसले लिनसक्ने फाइदा तथा यसबाट हुने बेफाइदाबारे विद्यार्थीलाई बुझाउन प्रशिक्षण महत्त्वपूर्ण भएको उनको भनाइ छ ।  किशोरावस्थामा प्रवेश गर्दै गरेका विद्यार्थीलाई साइबर सुरक्षा र इन्टरनेटको माध्यमबाट हुने विभिन्न क्रियाकलापका बारेमा बुझाउन प्रशिक्षण फलदायी भएको उनको भनाइ छ । मानिस जानी–नजानी विभिन्न प्रकारको हिंसाको सिकार भइरहेकाले यसबारे विद्यार्थी सचेत भएमा परिवार हुँदै समाज नै सचेत हुनसक्ने प्रधानाध्यापक श्रेष्ठले बताइन् । विजय सामुदायिक शिक्षा सदन र विजय विकास स्रोत केन्द्रसँगको सहकार्यमा गभर्नेन्स इन्टरनेसनल नेपालको आयोेजनामा प्रशिक्षण आयोजना गरिएको हो । -रासस

सम्बन्धित सामग्री

‘डिजिटल मिडिया सोसाइटी’ गठन

काठमाडौँ – डिजिटल मिडियाका प्रकाशकहरूको आबद्धतामा ‘डिजिटल मिडिया सोसाइटी’ गठन भएको छ। मूलधारको नेपाली पत्रकारितामा डिजिटल मिडियाको प्रभाव क्रमशः बढेर गएको सन्दर्भमा यस माध्यममा आवद्ध संस्थाहरूको समाचार अझ विश्वसनीय, जिम्मेवार र व्यावसायिक बनाउनुपर्ने आवश्यकतालाई मनन गर्दै स्थापित डिजिटल मिडियाका प्रकाशकहरू आबद्ध भएर ‘डिजिटल मिडिया सोसाइटी’ गठन भएको हो। २०८० असोज २९ गतेका दिन कम्पनी रजिष्ट्रारको […]

डिजिटल अर्थतन्त्रका लागि डिजिटल बैंक

सरकारले आगामी आर्थिक वर्षमा डिजिटल अर्थतन्त्रका लागि डिजिटल बैंकिङको प्रवर्द्धनमा जोड दिने घोषणा गरेको छ । सोमबार आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले डिजिटल अर्थतन्त्रका लागि डिजिटल बैंकिङको निर्माण गरिने घोषणा गरेका हुन् । उनले भने, “सञ्चार पूर्वाधारको विकास र डिजिटल बैंकको स्थापना गरिनेछ ।” बजेटले मोबाइल एपमार्फत् बैंकिङ प्रणालीलाई […]

कोशी र मधेश प्रदेशमा डिजिटल संवाद ४.० सम्पन्न, डिजिटल प्रदेश बारे वृहत छलफल

आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको डिजिटल संवाद ४.० कोशी र मधेश प्रदेशमा सम्पन्न भएको छ ।  प्रदेशको डिजिटल सक्षमताको मापन गर्ने प्रयास अनुरूप गत वैशाख ४ गते विराटनगरमा डिजिटल कोशी संवाद र वैशाख ६ गते जनकपुरमा डिजिटल मधेश संवाद आयोजना भएको हो । अब यसपछि अन्य ५ वटा प्रदेशमा पनि डिजिटल संवाद ४.० हुनेछ ।  कोशी र मधेश प्रदेशमा आयोजना भएको डिजिटल संवादमा प्रदेशको डिजिटल...

किन आवश्यक छ डिजिटल लर्निङ ?

डिजिटल लर्निङ भनेको लर्निङको एउटा प्रकार हो, जसमा प्रविधिको प्रभावकारी प्रयोग हुन्छ । डिजिटल लर्निङमा अनलाइन लर्निङ मात्र नभएर ब्लेण्डेड लर्निइङ, फ्लिप्ड लर्निङ, पर्सनलाइजड लर्निङ जस्ता कुराहरु पर्दछन् ।  डिजिटल लर्निङले पढाइको गुणस्तरीयता वृद्धिमा सहयोग पुर्‍याउँछ । विद्यार्थीलाई प्राविधिक उपकरण दिएर मात्रै डिजिटल लर्निङ हुदैन् र सोका लागि प्रयोग गर्ने तरिका पनि...

आवश्यकता ‘डिजिटल हेल्थ’को

सरकारले ‘डिजिटल नेपाल’का क्षेत्रमा विभिन्न काम गर्दै जाँदा सरोकारवालाहरुले ‘डिजिटल हेल्थ’को अवधारणलाई पनि प्राथमिकताका साथ अघि बढाउनुपर्ने आवश्यकता महसुस गरेका छन्।

डिजिटल नेपाल कन्क्लेभको दोस्रो दिन ‘डिजिटल नेपाल इकोसिस्टम’ बारे वृहत छलफल हुँदै

आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको डिजिटल कन्क्लेभ नेपाल २०२२ को दोस्रो दिन अर्थात आईतबार ‘डिजिटल नेपाल इकोसिस्टम’ बारे वृहत छलफल हुने भएको छ । शनिबारदेखि सुरू भएको डिजिटल नेपाल कन्क्लेभमा डिजिटल नेपालको एजेन्डा, अवधारणा र डिजिटल रूपान्तण बारे वृहत छलफल भइरहेको छ ।  शनिबारको सेसनमा वक्ताहरूको सूचना प्रविधिमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । आज...

ह्वावे एपेक डिजिटल इनोभेसन महासभा : डिजिटल एसिया प्यासिफिकका लागि इनोभेसन

काठमाडौं । ह्वावे र एशियन फाउन्डेसनले सञ्चालन गरेको ह्वावे एपेक डिजिटल इनोभेसन महासभामा डिजिटल इनोभेसन र डिजिटल इकोनोमीको भविष्यबारे छलफल भएको छ । महासभामा १ हजार ५०० भन्दा धेरै सरकारी अधिकारी, विशेषज्ञ, अनुसन्धानकर्ता र एसिया-प्यासिफिक क्षेत्रको १० भन्दा बढी देशका विश्लेषकहरूको सहभागिता रहेको थियो । छलफलमा आईसीटीमा जारी प्रगति, उद्योगहरूमा डिजिटल रूपान्तरणको गति, साथै ग्रीन […]

अब भारतको आफ्नै ‘डिजिटल करेन्सी’

भारत सरकारले आफ्नो छुट्टै ‘डिजिटल करेन्सी’ ल्याउने भएको छ । विश्व अर्थतन्त्र नै क्रिप्टोकरेन्सीतर्फ गइरहेको समयमा बिटक्वाइन जस्ता डिजिटल करेन्सीको प्रयोग बढ्दै गइरहेको छ । यही विषयलाई मध्यनजर गर्दै भारत सरकारले आफ्नै डिजिटल करेन्सी ल्याउने घोषणा गरेको हो ।आगामी आर्थिक वर्ष सन् २०२२/२३ को बजेट घोषणा गर्दै केन्द्रीय वित्त मन्त्री निर्मला सितारमणले यही वर्ष सन् २०२२ मा डिजिटल करेन्सी प्रचलनमा ल्याउने बताइन । भारतको अर्थतन्त्रलाई डिजिटल बनाउने लक्ष्यसहित यस्तो कदम अगाडी बढाएको उनको भनाई

डिजिटल अर्थव्यवस्था र करारोपण

डिजिटल वितरणले इन्टरनेटलाई वस्तु र सेवा उपलब्ध गराउने माध्यमका रूपमा उपयोग गर्छ भने यसका लागि डिजिटल सञ्चार व्यवस्थाको अति आवश्यक पर्छ । दुईवटा पक्षले प्रविधि उपयोग गरेर अंक, तथ्य र समरूपी संकेतहरू प्रविष्ट गर्न पाउने व्यवस्था नै डिजिटल वा आंकिकी व्यवस्था हो । कुनै पनि कुरालाई डिजिटल त्यतिखेर भनिन्छ जतिबेला यसले तथ्य, अंक र समरूपी […]

टेकशुप ग्लोबलसँग सहकार्य गरेर डिजिटल तालिम दिदै “डिजिटल साक्षरता अभियान”

“डिजिटल साक्षरता अभियान”  ले टेकशुप ग्लोबलसँग सहकार्य गरेर डिजिटल साक्षरता सम्बन्धि बिभिन्न प्रशिक्षण कार्यक्रमहरु आयोजना गर्ने भएको छ । संस्थाले १३ कार्तिक २०७८ मा एनजीओहरुका लागि डिजिटल मिडिया मार्केटिंग तालिम दिने भएको छ । त्यस्तै ,४ मंसिर २०७८ मा निशुल्क वेबसाइट बनाउने तालिम पनि दिने भएको छ । माइक्रोसफ्ट र गुगलको सेवा बारे जानकारी मुलक कार्यक्रम साथै तालिम भने...