प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राष्ट्रपतिमार्फत् संसदमा पेश गरेको नीति तथा कार्यक्रमको प्रतिरक्षा गर्दै 'महत्वकांक्षी' भएको स्वीकार गरेका छन्। संसदमा आफ्नो 'पानीजहाज' सपनाको समेत प्रधानमन्त्री ओलीले प्रतिरक्षा गरे। 'नीति तथा कार्यक्रमले तीव्र परिवर्तनको आकांक्षा बोकेको छ', ओलीले भने, 'यसलाई महत्वकांक्षी भन्दा ठिकै बुझ्नुभयो कि जस्तो लाग्छ।' उनले नीति तथा कार्यक्रमले नहुने खालको आकांक्षा नबोकेको बताए।…