राति सुतेपछि हरकोहीलाई सपना आउँछ । कसैले बिहान उठ्दा सपना सम्झिन्छन् भने कसैले बिर्सिन्छन् । तर देख्न चाहिँ सबैले सपना देख्छन् नै ।
मनोवैज्ञानिकहरूका अनुसार हामीलाई रातभरि सपना आउँदैन तर एक खास समयमा भने पक्कै आउँछ । त्यतिखेर हाम्रो मस्तिष्क सपना बुन्नमा व्यस्त हुन्छ ।
किन आउँछ सेक्सी सपना ?
केही मान्छे सेक्सका बारेमा हरदम सोचिरहेका हुन्छन् । सेक्स गर्ने हिम्मत नभएका यस्ता मान्छेले मनमा कुरा दबाएर बसिरहेका हुन्छन् । युवाहरूलाई सेक्सको सपना आउनु आश्चर्यको कुरा हैन तर बुढाबुढीलाई समेत यस्तो सपना आउन सक्छ । सेक्सको ...