काठमाण्डाै – २० वर्षमुनिकाे साफ च्याम्पियनशिपमा नेपालले बङ्गलादेशसँग बराबरी खेलेकाे छ । भुवनेश्वरकाे कालिङ्गा रङ्गशालामा भएकाे खेलमा नेपालले बङ्गलादेशसँग एक–एक गाेलकाे बराबरी खेलेकाे हाे ।
निकै प्रतिस्पर्धात्मक खेलमा पहिलाे हाफ गाेलरहित बराबरीमा सकिएकाे थियाे । दुवै टाेलीबाट अवसर बने पनि गाेल भने हुन सकेन । दुवै गाेल दाेस्राे हाफमा भयाे ।
खेलकाे ६३ औँ मिनेटमा बङ्गलादेशका मोहमद पियास अमहेद नोभाले गाेल गर्दै टाेलीलाई अग्रता दिलाएका थिए । तर त्यसकाे पाँच मिनेटमा नै नेपालका लागि ...