प्रीति राई र उनले गरेको गोलको लागि नेपाली महिला फुटबल सधैं ऋणी रहनेछ । वाफ वुमेन्स च्याम्पियनसिप २०२४ मा नेपाल अहिलेसम्मकै सबैभन्दा कठिन परीक्षाबाट गुज्रिएको थियो र त्यसलाई पार गर्न नेपालले अन्तिम समयसम्म कुर्नु परेको थियो । लेबनानविरुद्धको सेमिफाइनल १–१ को बराबरीमा थियो ।