काठमाडौं– नेपाल साफ च्याम्पियनसिपको इतिहासमा पहिलोपटक बुधबार फाइनलमा पुगेको छ । बंगलादेशसँगको खेलमा अन्तिम समयमा नेपाली टिमले बराबरी गोल गरेपछि फाइनलमा पुगेको हो । सन् १९९३ देखि सुरु भएको प्रतियोगितामा नेपालले फाइनल पुगेको यो पहिलो पटक हो । खेलको ८७ औं मिनेटमा नेपालका अञ्जन विष्टले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा पुर्याएपछि नेपाल फाइनलमा प्रवेश गरेको […]