विद्युतीय बस खरिदका लागि पुनः बोलपत्र आह्वान गर्ने तयारी

बागमती प्रदेश सरकारले विद्युतीय बस खरिद प्रक्रिया पुनः सुरु गरेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्थापन बोर्डमार्फत सरकारले विद्युतीय बस खरिद प्रक्रिया पुनः  सुरु गरेको हो ।बोर्डले विद्युतीय बस तथा विद्युतीय सवारी साधन चार्जर खरिद गर्न पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वानको तयारी गरेको हो । बोर्डले २०७७ चैत १८ गते विद्युतीय बस खरिदका लागि आह्वान गरेको बोलपत्र रद्द गर्दै पुनः बोलपत्र आह्वान गर्ने तयारी थालेको हो । मन्त्रालयले बस खरिदका लागि अध्ययन गरी तयार

सम्बन्धित सामग्री

विद्युतीय बसका लागि पुनः अन्तरराष्ट्रिय बोलपत्र आह्वानको तयारी

हेटौंडा । बागमती प्रदेश सरकारले विद्युतीय बस खरीदका लागि पुनः अन्तरराष्ट्रिय बोलपत्र आह्वान गर्ने भएको छ । प्रादेशिक भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्थापन बोर्डमार्फत सरकारले सो बोलपत्र आह्वान गर्न लागेको हो ।      बोर्डले २०७७ चैत १८ मा विद्युतीय बस खरीदका लागि आह्वान गरेको बोलपत्र रद्द गरी पुनः बोलपत्र गर्ने तयारी थालेको निर्देशक जगदीश ढुंगानाले जानकारी दिए । उनका अनुसार मन्त्रालयले बस खरीदका लागि अध्ययन गरी तयार परेको लागत अनुमानभन्दा बढी रकमको बोलपत्र परेकाले सो बोलपत्र रद्द गर्नुपरेको थियो ।       लागत अनुमानभन्दा २९ दशमलव ८३ प्रतिशत बढीको प्रस्ताव बोलपत्रदाताले पेश गरेकाले रद्द गर्नुपरेको निर्देशक ढुंगानाको भनाइ थियो । यसका लागि आवश्यक सम्पूर्ण कागजी प्रक्रिया सम्पन्न गरी दशैं अगाडि नै बोलपत्र आह्वान गर्न मन्त्रालयसँग सहकार्य भइरहेको छ । पहिले नै आह्वान गरिएको लागत मूल्यमा ३० ओटा विद्युतीय बस र १५ ओटा चार्जर खरीदका लागि ग्लोबल टेन्डर आह्वान गरिने उनले बताए । हालै मन्त्रालयमा भएको सचिवको हेरफेरले यो काम केही दिन पर सरेकामा अब केही दिनमै बोर्डको बैठक बसेर निर्णय हुने र प्रक्रिया शुरू गरिने निर्देशक ढुंगानाले बताए । बस सञ्चालनका लागि आवश्यक चार्जिङ स्टेशन निर्माणको प्रक्रियासमेत अघि बढाइनुका साथै मन्त्रालय र बोर्डका प्रतिनिधिले संयुक्त रूपमा विभिन्न जिल्लाको स्थलगत अवलोकन गरेका थिए । बस सञ्चालन हुने मार्गका केही स्थानमा चार्जिङ स्टेशन निर्माण प्रक्रिया शुरू गरिएकोे छ । रासस

साझाले किन्ने ४० वटा बिजुली बसमा ९ चिनियाँ कम्पनीबीच प्रतिस्पर्धा

१४ साउन, काठमाडौं । साझा यातायातले विद्युतीय बस किन्ने गरेको टेन्डर आहृवान ९ कम्पनीको बोलपत्र परेको छ । गत चैत १३ गते बोलपत्र आह्वान गर्दै साझा यातायातले ४० वटा बस किन्न प्रक्रिया अघि बढाएको थियो …

विद्युतीय बस खरिदका लागि नौवटा प्रस्ताव

साझा यातायातका ४० वटा विद्युतीय बस खरिदका लागि नौवटा कम्पनी इच्छुक देखिएका छन् । साझाले विद्युतीय बस खरिद गर्न गत चैत १३ गते ग्लोबल बोलपत्र आह्वान गरेको थियो । नौ कम्पनीमध्ये अधिकांश चिनियाँ कम्पनी रहेको साझाले जनाएको छ ।

४० वटा विद्युतीय बस खरिदका लागि नौवटा कम्पनी इच्छुक

साझा यातायातका ४० वटा विद्युतीय बस खरिदका लागि नौवटा कम्पनी इच्छुक देखिएका छन् । साझाले  विद्युतीय बस खरिद गर्न गत चैत १३  गते ग्लोबल बोलपत्र आह्वान गरेको  थियो । नौ कम्पनीमध्ये अधिकांश चिनियाँ कम्पनी रहेको साझाले जनाएको छ । साझाले काठमाडौँ उपत्यकामा चलाउन पहिलो चरणमा ४० वटा  विद्युतीय बस ल्याउन लागेको हो । शुक्रबार प्रस्ताव खोलिएको हा । एक महिनामा प्रस्तावको मूल्याङ्कन गरिसक्ने साझाले जनाएको छ ।साझा यातायात सञ्चालक समिति सदस्य भूषण तुलाधरले भने, “प्रस्ताव खोलिएको

वाग्मती प्रदेशद्वारा ५७ अर्ब ७२ करोडको बजेट सार्वजनिक

असार १, मकवानपुर । वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/ ७९ का लागि  ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार बजेट सार्वजनिक गरेको छ ।             आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आर्थिक वर्ष २०७८/ ७९ का लागि मंगलवार प्रदेश सभामा बजेट सार्वजनिक गर्दै चालूतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार रुपैयाँ र पूँजीगततर्फ  २९ अर्ब ७० करोड ४३ लाख ४ हजार रुपैयाँ विनियोजन भएको जानकारी दिए । बजेटको अधिकांश हिस्सा कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा केन्द्रीत रहेको छ ।             मन्त्री ढुङ्गेलले प्रदेशका सबै जिल्ला अस्पतालमा कोभिड–१९ सङ्क्रमित बिरामीको उपचार, रोग नियन्त्रण, अस्पतालको स्तरोन्नती र अक्सिजन प्लान्ट स्थापना गर्ने तथा भेन्टिलेटर, एचडीयू र  आईसीयू कक्षको व्यवस्थापन गर्न बजेटले विशेष प्राथमिकता दिएको बताए। उनले प्रदेशमा रहेका ३६६ ओटा सामुदायिक विद्यालयमा ‘एक विद्यालय, एक नर्स’ को व्यवस्थापन गर्ने तथा कृषिको उत्पादनको वृद्धि र पशुपालनमा लाग्न किसानलाई प्रोत्साहित गर्ने खालका कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिएको उल्लेख गर्दै प्रदेशका सबै जिल्लामा राष्ट्रिय गौरवको आयोजना छनौट गरी परियोजना बैंकमार्फत भौतिक पूर्वाधार विकास निर्माण र प्रदेशमा प्राविधिक विश्वविद्यालय स्थापना गर्न बजेटले प्राथमिकतामा दिएको बताए।             हेटौंडाबाट काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा सञ्चालनका लागि ३० वटा विद्युतीय बस खरिद गर्न बोलपत्र आह्वान भइसकेको र आगामी छ महीनाभित्रै खरीद भई काठमाडौं आइपुग्ने बजेटमा उल्लेख छ । त्यस्तै सरकारले सङ्घीय सरकारको समन्वय र सहकार्यमा भीमफेदी–कुलेखानी सुरुङ निर्माणका लागि आवश्यक बजेट विनियोजन गरी आगामी ४ वर्षभित्रै निर्माण सम्पन्न गरेर यातायात सञ्चालन गर्नेतर्फ बजेटले प्राथमिकता दिएको छ । रासस

वाग्मती प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै

जेठ ३०, हेटौँडा । वाग्मती प्रदेशको बजेट असार १ गते सार्वजनिक हुने भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी असार १ गते अपराह्न ३ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्ने तय भएको बताएका छन् । मन्त्री ढुंगेलले आइतवार संक्षिप्त कुराकानी गर्दै आगामी बजेट प्रदेशका १३ ओटै जिल्लालाई कोभिड संक्रमित बिरामीको उपचार, अस्पतालको स्तरोन्नति र खोप लगाउने कार्यलाई पहिलो प्राथमिकतामा राखिएको बताए । उनले प्रदेशका सबै जिल्लामा कृषिको उत्पादन, पशुपालन र रोजगारीलाई प्रत्यक्ष अवसर जुटाइनेतर्फ बजेट विनियोजित गरिने उल्लेख गरे । उनले प्रदेशमा कोभिड–१९ संक्रमणबाट प्रभावित विपन्न, दलित, आदिवासी जनजातिका परिवारलाई आयआर्जन गर्ने आर्थिक प्याकेज र उच्च शिक्षाको गुणस्तरीय वृद्धि गर्न प्रदेशमा विश्वविद्यालयको स्थापना गर्ने लक्ष्य राखिएको बताए । मन्त्री ढुंगेलले प्रमुख प्रतिपक्षसँग सहकार्य र समन्वय गरेर प्रदेशमा सम्मानजनक राष्ट्रिय गौरवका आयोजना, भौतिक पूर्वाधारको निर्माण, सम्पदाको संरक्षण गर्ने र भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि संघीय सरकारसँग सहकार्य गरेर निर्माण कार्यलाई अघि बढाउनेतर्फ बजेटमा उच्च प्राथमिकताका साथ कार्यान्वयन गरिने जानकारी दिए । उनले सरकारले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलसँग सहकार्य गरेर सबै जिल्लामा भौतिक पूर्वाधार, पर्यटन क्षेत्रको विस्तारमा गुरुयोजना तर्जुमा, कृषि, सडक, सिँचाइ, खानेपानी, सुकुम्बासीलाई स्थायी बसोबास गराउने र आवश्यकताअनुरुप प्रदेशमा पुष्पलाल चक्रपथ सडक सञ्जाललाई जोड्न बजेट विनियोजन गरिने उल्लेख गरे । उनले आगामी आर्थिक वर्षको वैशाखसम्ममा उपत्यकालगायत सात स्थानमा विद्युतीय बस सञ्चालन गर्नेतर्फ कार्यतालिका गरिसकिएको र आगामी छ महीनाभित्रै ३० विद्युतीय बस खरीद गरी ल्याउनेतर्फ बोलपत्र आह्वान भइसकिएको तथा आगामी असार ७ गतेभित्रै उक्त बोलपत्रमा सम्झौता गरिनेतर्फ सम्बन्धित निकायले प्रक्रिया शुरु गरिसकिएको जानकारी दिए ।  मन्त्री ढुंगेलले अघिल्लो आव २०७७/७८ मा करीब रू. ५२ अर्बको बजेट ल्याएको भए पनि आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले केही प्रतिशत वृद्धि गरेर करीब रू. ५४ अर्बको बजेट ल्याइने सम्भावना रहेको जानकारी दिए । रासस