वाग्मती प्रदेशद्वारा ५७ अर्ब ७२ करोडको बजेट सार्वजनिक

असार १, मकवानपुर । वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/ ७९ का लागि  ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार बजेट सार्वजनिक गरेको छ ।             आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आर्थिक वर्ष २०७८/ ७९ का लागि मंगलवार प्रदेश सभामा बजेट सार्वजनिक गर्दै चालूतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार रुपैयाँ र पूँजीगततर्फ  २९ अर्ब ७० करोड ४३ लाख ४ हजार रुपैयाँ विनियोजन भएको जानकारी दिए । बजेटको अधिकांश हिस्सा कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा केन्द्रीत रहेको छ ।             मन्त्री ढुङ्गेलले प्रदेशका सबै जिल्ला अस्पतालमा कोभिड–१९ सङ्क्रमित बिरामीको उपचार, रोग नियन्त्रण, अस्पतालको स्तरोन्नती र अक्सिजन प्लान्ट स्थापना गर्ने तथा भेन्टिलेटर, एचडीयू र  आईसीयू कक्षको व्यवस्थापन गर्न बजेटले विशेष प्राथमिकता दिएको बताए। उनले प्रदेशमा रहेका ३६६ ओटा सामुदायिक विद्यालयमा ‘एक विद्यालय, एक नर्स’ को व्यवस्थापन गर्ने तथा कृषिको उत्पादनको वृद्धि र पशुपालनमा लाग्न किसानलाई प्रोत्साहित गर्ने खालका कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिएको उल्लेख गर्दै प्रदेशका सबै जिल्लामा राष्ट्रिय गौरवको आयोजना छनौट गरी परियोजना बैंकमार्फत भौतिक पूर्वाधार विकास निर्माण र प्रदेशमा प्राविधिक विश्वविद्यालय स्थापना गर्न बजेटले प्राथमिकतामा दिएको बताए।             हेटौंडाबाट काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा सञ्चालनका लागि ३० वटा विद्युतीय बस खरिद गर्न बोलपत्र आह्वान भइसकेको र आगामी छ महीनाभित्रै खरीद भई काठमाडौं आइपुग्ने बजेटमा उल्लेख छ । त्यस्तै सरकारले सङ्घीय सरकारको समन्वय र सहकार्यमा भीमफेदी–कुलेखानी सुरुङ निर्माणका लागि आवश्यक बजेट विनियोजन गरी आगामी ४ वर्षभित्रै निर्माण सम्पन्न गरेर यातायात सञ्चालन गर्नेतर्फ बजेटले प्राथमिकता दिएको छ । रासस  

सम्बन्धित सामग्री

बजेट सार्वजनिक भएको तीन दिनपछि सेयर बजारमा ‘करेक्सन’

बजेट सार्वजनिक भएको तीनपछि सेयर बजार करेक्सन भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारमा लिँदै आएको करभन्दा थप कुनै पनि कर नलगाएको प्रस्टीकरण दिएको भोलिपल्ट बिहीबार नेप्से परिसूचक १६...

पर्साका दुई पालिकाद्वारा बजेट सार्वजनिक

वीरगञ्ज– पर्साका दुई पालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । आव २०७९/८० बजेट गत असार १० गते नै प्रस्तुत गरी सार्वजनिक गर्नुपर्ने भए पनि पर्साको बहुदरमाई नगरपालिका र कालिकामाई गाउँपालिकाले बल्ल बजेट सार्वजनिक गरेका छन् । लामो समयदेखि जनप्रतिनिधिबीच बजेट बाँडफाँडमा विवाद देखिएपछि दुवै पालिकाको बजेट सार्वजनिक हुनसकेको थिएन । […]

पञ्चदेवल विनायकमा अझै बजेट सार्वजनिक भएन

अछाम– अन्तरसरकारी वित्त ऐन ०७४ अनुसार संघीय सरकारले १५ जेठ र स्थानीय तहहरूले १० असारभित्रै बजेट प्रस्तुत गरिसक्नु पर्छ । ऐनअनुसार अछामका १० स्थानीय तहमध्ये नौ वटाले बजेट सार्वजनिक गरेका छन् । तर, यहाँको पञ्चदेवल विनायक नगरपालिकाले भने अझैसम्म पनि बजेट सार्वजनिक गरेको छैन् । नगरपालिकाको नगरसभा समेत हुन सकेको छैन् । स्थानीय १५ वर्षीय […]

पाल्पाका पालिकाहरुमा रु छ अर्ब बढीको बजेट सार्वजनिक

पाल्पाका स्थानीय तहले आगामी वर्षको लागि रु छ अर्ब बढीको बजेट सार्वजनिक गरेका छन् । हालै सम्पन्न नगर तथा गाउँसभामार्फत पालिकाले रु छ अर्ब ४५ करोड १३ लाख २८ हजार बराबरको बजेट सार्वजनिक गरेका हुन् । जिल्लाको दुई नगरपालिका र आठ गाउँपालिकामध्ये आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि सबैभन्दा धेरै तानसेन नगरपालिकाले रु एक अर्ब …

वीरगन्ज महानगरपालिकाद्वारा तीन अर्ब ३३ करोडको बजेट सार्वजनिक

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु तीन अर्ब ३३ करोडको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाले आज वीरगन्ज–१० मा आयोजना गरेको ११औँ नगरसभामा आगामी आर्थिक वर्ष लागि रु तीन अर्ब ३३ करोड ६३ लाख २६ हजारको अनुमानित बजेट सार्वजनिक गरेको हो । ‘औद्योगिक तथा व्यापारिक सहर, सुसंस्कृत सभ्य हाम्रो वीरगन्ज […]

आज सातै प्रदेशले बजेट सार्वजनिक गर्दै

काठमाडौं, असार १ । मुलुकका सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष ०७९/८० को बजेट सार्वजनिक गर्दैछन् ।नीति तथा कार्यक्रम ल्याइसकेका सातै प्रदेशले संविधानतः संघ सरकारले १५ जेठमा बजेट घोषणा गरेपछि प्रदेश सरकारले १ असारमा बजेट सार्वजनिक गर्न लागेका हुन् । प्रदेश सरकारले आ(आफ्नो प्रदेश अनुरुप प्राथमिकता निर्धारण गरेर बजेट ल्याउन लागेका हुन्। खासगरी कृषि, पर्यटन, […]

सातै प्रदेशले बजेट सार्वजनिक गर्दै

काठमाडौँ – सातवटै प्रदेशले बुधबार बजेट सार्वजनिक गर्दै छन्। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ का अनुसार प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने व्यवस्था गरेको छ। यसै ऐन अनुसार प्रदेश सरकारहरुले बुधबारबजेट सार्वजनिक गर्न लागेका हुन्। प्रदेश सरकारहरुले १ असारमा आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुपर्ने प्रावधान छ। यो बजेट वर्तमान संसद […]

फलेवास र जलजलाको बजेट सार्वजनिक

पर्वतको फलेवास नगरपालिकाले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि ८५ करोड ३० लाख ४० हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।फलेवास नगरपालिकाले बुधबार नीति तथा कार्यक्रम र बजेट एकैदिनमा सार्वजनिक गरेको हो । नगरसभामा नीति तथा कार्यक्रम पास गरेर बुधबार नै बजेट सार्वजनिक गरिएको नगरप्रमुख पदमपाणि शर्माले जानकारी दिए । फलेवासनमा चालूतर्फ ३० करोड ६८ […]

मन्त्रालयको तथ्यांक : ५.३१ प्रतिशत स्थानीय तहले मात्रै बजेट सार्वजनिक गरे

अधिकांश स्थानीय तहहरुले तोकिएकै समयमा बजेट सार्वजनिक गरेका छैनन् । संविधानत: सबै स्थानीय तहहरुले असार १० गते भित्रै आर्थिक वर्षको नीति तथा कार्यक्रम सहितको अनुमानित आय व्यय (बजेट) सार्वजनिक गर्नुपर्ने प्रावधान रहेपनि ९४ प्रतिशत माथि स्थानीय तहहरुले हालसम्म पनि बजेट सार्वजनिक नगरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।यद्यपि, कतिपय स्थानीय तहहरुले बजेट सार्वजनिक गरेर पनि मन्त्रालयमा सूचना नपठाएकाले तथ्याङ्कमा कम देखिन गएको हो । मन्त्रालयका अनुसार प्रविष्ट गराएका स्थान

६ महानगरपालिका : ललितपुरबाहेक सबैको बजेट सार्वजनिक

संघीय राज्य संचालन प्रणाली अनुसार संघ र प्रदेशले निर्धारित समयमै आर्थिक वर्षको बजेट ल्याएसँगै बिहीबार स्थानीय तहहरुले पनि आ–आफ्ना नीति तथा कार्यक्रमसहित बजेट ल्याएका छन् । बिहीबार विहानै देखि जारी बजेट सार्वजनिक कार्यक्रममा केही स्थानीय तहहरुले भने आन्तरिक विवाद, बजेटका नीति तथा कार्यक्रम पास हुन नसक्दा बजेट सार्वजनिक गर्न सकेका छैनन् ।यस्तैमा संघीय राजधानी समेत रहेको काठमाडौं उपत्यका भित्रकै एक महानगरपालिका ललितपुर महानगरपालिकाको बजेट विवादमा पर्दा सार्वजनिक हुन सकेन । यद्यपि, अन्य ५ वटा