अमेरिकी सहायक विदेश मन्त्री लुले भोलि प्रधानमन्त्री देउवालाई भेट्ने

काठमाडौँ । आज काठमाडौं आउन लागेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने भएका छन्। बालुवाटार स्रोतका अनुसार शुक्रबार दिउँसो तीन बजे उनले प्रधानमन्त्री देउवालाई भेट्ने कार्यक्रम तय भएको छ। दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेश मन्त्री लु बिहीबार अपराह्न साढे चार बजेतिर काठमाडौं आइपुग्ने छन्। उनी काठमाडौंमा हुने […]

सम्बन्धित सामग्री

अमेरिकी सहायक विदेश मन्त्री लु काठमाडौँ आइपुगे

काठमाडौँ। अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु काठमाडौँ आइपुगेका छन्। लु नयाँ दिल्ली हुँदै काठमाडौँ आइपुगेका हुन्। दुईदिने नेपाल भ्रमणमा आएका लुले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने भएका छन्। लुले शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्री देउवालाई भेट्न लागेका हुन्।

अमेरिकी सहायक विदेश मन्त्री लु बिहीबार नेपाल आउँदै

अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु बिहीबार नेपाल भ्रमणमा आउने भएका छन्। स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को कार्यान्वयनको विषयलाई लिएर विवाद चर्किरहेका बेला हुन लागेको उनको भ्रमणलाई अर्थपूर्णरुपमा लिइएको छ। उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्नेछन्।