म्याग्दीमा बढ्यो योगाभ्यासको आकर्षण

म्याग्दी : जिल्लामा योगाभ्यासप्रति सर्वसाधारण आकर्षण बढेको छ । स्वस्थ रहन र तनाव व्यवस्थापनका लागि योगभ्यासमा आकर्षण बढेको हो। सदरमुकाम बेनीबजारस्थित मंका खलःको हलमा नियमित योग कक्षा सञ्चालन हुन थालेपछि योगप्रति सर्वसाधारणको रुचि बढेको हो।बेनी बजारका साथै ग्रामीण क्षेत्रमा मानिस भेला भएर सामूहिक रूपमा योग अभ्यास गर्छन्। बजार क्षेत्रका नागरिक, व्यापारी, पेशाकर्मी बिहानको समयमा एकै ठाउँमा भेला भएर सामूहिक योगाभ्यास गर्छन्।बेनी नगरपालिका–७ की रचना पुनले अपच, रुघा  र रक्तचापको स

सम्बन्धित सामग्री

केभहिल भ्यु–टावरकाे काम अलपत्र : बार भत्काएर भैँसी चराउँदै स्थानीय

म्याग्दी – टावरमा चढेर टाढाकाे दृश्य हेर्नेका लागि बनाइने संरचना हाे, भ्यु-टावर । देशमा सङ्घीयता लागू भएसँगै सङ्घ, प्रदेश र पालिका सरकारले अग्ला डाँडापाखामा पनि पर्यटकको आकर्षण बढाउन भन्दै थुप्रै भ्यु–टावरहरु बनाएका छन् ।  म्याग्दीमा तीनवटा पालिकाले आफ्नो पर्यटकीय क्षेत्रमा भ्यु–टावर बनाएका छन् । रघुगङ्गा गाउँपालिकाले २ नम्बर वडा राखु भगवतीको रुइसे–भेडीओढार क्षेत्रमा पर्यटकलक्षित भ्यु–टावर बनाएको छ । मङ्गला गाउँपालिकाले पनि ३ नम्बर वडा बरंजाको झाँक्रीपानीमा भ्यु–टावर बनाएक...

अर्ग्यानिक खेतीमा युवाको आकर्षण

गलेश्वर, १३ भदौ । म्याग्दीमा पछिल्ला दुई वर्षयता कृषि क्षेत्रमा युवाहरुको संलग्नता उत्साहाजनक रुपमा बढेको छ । कृषिमा युवाहरुको प्रवेशसँगै ग्रामीण क्षेत्रका खेतबारी र पाखो जमिनमा समेत कृषि प्रविधिको प्रयोग हुन थालेपछि यहाँका किसानहरु अर्ग्यानिक खेती विस्तारमा जुटेका छन् । धौलागिरि हिमालको फेदी र म्याग्दी तथा कालीगण्डकी नदीको वारिपारिका ग्रामीण खेतबारीमा जिल्लाको कृषकहरुले आग्र्यानिक खेती […]

म्याग्दीमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटको दुधेखोलामा रहेको कोप्रे झरना पछिल्लो समय आन्तरिक पर्यटकहरूको गन्तव्य बन्दै जान थालेको छ । सदरमुकाम बेनी बजारदेखि करिब ४ किलोमिटर पश्चिमतर्फ पर्ने नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको यस झरनामा आन्तरिक पर्यटकहरूको चहलपहल बढ्न थालेको हो । पर्यटकीय सम्भावना बोकेको यस झरनामा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको हो । […]

उन्नत जातका बाख्रा पालनमा युवाको आकर्षण

पछिल्लो समय म्याग्दीमा कृषि र पशुपालनमा लगानी बढ्दै गएको छ । सामूहिक रूपमा युवाहरू मिलेर उत्पादन र रोजगारी क्षेत्रमा लगानी गरेका छन् । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा तीन युवाले एक करोड ८० लाख लगानीमा उन्नत जातका बाख्रा पालन गरेका छन् । स्थानीय युवा कृषक अणबहादुर खड्काको अगुवाइमा तीनजनाले सामूहिक रूपमा उन्नत जातका बाख्रा पालन गरेका […]

म्याग्दीमा फस्टाउँदै प्रांगारिक तरकारीखेती

म्याग्दी । कोरोना महामारी शुरू भएयता म्याग्दीमा प्रांगारिक तरकारीखेतीको लहर चलेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले बन्दाबन्दी तथा निषेधाज्ञा जारी गरेपछि मानिसहरू फुर्सदिला बनेको र घरगाउँमै सीमित रहनुपर्ने बाध्यताले उनीहरू प्रांगारिक तरकारीखेतीतर्फ आकर्षित भएका हुन् । प्रांगारिक तरकारीखेतीबाट राम्रो उत्पादन र मनग्गे फाइदा भएपछि जिल्लाका किसान व्यावसायिक रूपमै अग्र्यानिक तरकारी उत्पादनतर्फ लागेका छन् । २८ वर्षदेखि कृषि पेशामा लागेका बेनी नगरपालिका–२ खबराका ५८ वर्षीय चन्द्रबहादुर कार्की पछिल्लो डेढ वर्षयता तरकारीको आम्दानीबाट सन्तुष्ट छन् । जिल्लाको नयाँ पर्यटकीय स्थल लभ्लीहिल नजिकै १२ रोपनी खेत र बारीमा उनले प्रांगारिक तरकारीखेती गर्दै आएका छन् । महामारीको रूपमा फैलिएको कोरोनाको संक्रमण बढेसँगै मानिसले आफ्नो स्वास्थ्यलाई ध्यान दिई अग्र्यानिक खानेकुराको उपभोग बढाए । जिल्लामा आयातित तरकारी र फलफूल नपाइएको र त्यसमा रुचि पनि नभएपछि बजारवासीले कृषककहाँ पुगेरै तरकारी खरीद गर्न थाले । यसले कार्कीजस्तै व्यावसायिक तरकारीखेतीमा लागेका किसान उत्साहित छन् । खबराकै अर्का कृषक शोभित शर्मा, डाँडाखेतका नारायण पौडेल, बाबियाचौरका धर्मराज सुवेदी लगायत कृषकले पछिल्लो समय प्रांगारिक तरकारीको विक्री बढेपछि खेती विस्तार गर्ने सोच बनाएको बताएका छन् । विगतमा तरकारी विक्रीवाट वार्षिक ५ लाख रुपैयाँ आम्दानी गर्दै आएका खबराका कृषक कार्कीले २०७६ चैतदेखि २०७८ को वैशाखसम्म तरकारी विक्रीबाट ११ लाखभन्दा बढी आम्दानी भएको बताए । त्यसैगरी डाँडाखेतका कृषक पौडेलले पनि गतवर्ष आफूले तरकारीबाट सोचभन्दा बढी आम्दानी गरेको सुनाए । म्याग्दीका ६ ओटा स्थानीय तहमा गरी २ सयभन्दा बढी कृषक व्यावसायिक तरकारीखेतीमा लागेका छन् । तरकारीखेतीमा लागेका किसान पछिल्ला वर्षमा उल्लेख्य आम्दानी गर्न सफल भएको कृषि प्राविधिक जगत बानियाँ बताउँछन् । बानियाँ भन्छन्, ‘कोरोना कहर शुरू भएयता मानिसले अग्र्यानिक उत्पादनको महŒव बुझ्न थालेका छन्, जसले गर्दा गाउँका उत्पादनको माग शहर बजारमा बढी हुन थालेपछि किसानलाई फाइदा भएको छ ।’ कोरोनापछि धेरै मानिसले अग्र्यानिक उत्पादन खोज्न थालेको बगरफाँटका कृषक जितबहादुर कार्कीको पनि अनुभव छ । बेनी–बगरफाँट–सुर्केमेला–बरन्जा सडकको छेउमा रहेको उनको बारीमा अग्र्यानिक तरकारी खरीद गर्न बेनीबजारबाट धेरै ग्राहक आउन थालेका छन् । म्याग्दीमा निजीक्षेत्रले करोडौं लगानीमा कृषि फार्म सञ्चालन गरेका छन् । जिल्लाको बेनी नगरपालिका–४ सिंगा र आवेबगरमा करीब १० करोड रुपैयाँ र मंगला गाउँपालिकाको हिदीमा ३ करोड रुपैयाँ लगानीमा प्रांगारिक कृषि फार्म सञ्चालित छन् । जिल्लामा पछिल्लो समय अग्र्यानिक कृषितर्फ युवाको पनि आकर्षण बढ्दै गएको छ । विशेषगरी कोरोनाका कारण विदेशमा रोजगारी गुमाएर गाउँ फर्किएका युवा अग्र्यानिक खेतीतर्फ लागेका छन् ।

म्याग्दीमा कोदोखेतीमा आकर्षण घट्दै

१८ साउन, गलेश्वर । खेतका फाँटमा धानका गाभा भरिन थालेका छन् । धान रोपिसकेर सिँचाइ गर्नका लागि खेतमा पुगेका किसान खेतका गह्रामा धानसँगै उम्रिएका झार उखेल्न र खेतका आली थुनेर पानीको प्रबन्ध मिलाउन व्यस्त छन् । हरिया भएका धानका बिरुवा डुबाउने गरी खेतका गह्रामा भरिएको पानीले फाँटको सौन्दर्य नै बेग्लै बनेको छ । धानखेतीका लागि […]

म्याग्दीमा फस्टाउँदै कौसीखेती

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारका गृहिणी पछिल्लो समय कौसीखेतीतर्फ आकर्षित भएका छन् । समय कटाउन पनि सजिलो, आफैले घरकै छतमा फलाएका ताजा तरकारी पनि खान पाइने, पैसाको पनि बचत हुने, घरको सुन्दरता पनि थपिने र बाहिर निस्कन नपर्दा संक्रमणबाट पनि जोगिने भएकाले यहाँका गृहिणी कौसीखेतीतर्फ रमाउन थालेका हुन् । बेनी नगरपालिका–७ र ८ मा पर्ने बेनीबजारमा एक हजार २०० भन्दा बढी घर छन् । तीमध्ये अधिकांशमा कौसीखेती गरिएको छ । अग्र्यानिक र विषादीरहित तरकारी खान पाइने, पैसाको बचत हुने र घरमै बसेर तरकारीको स्याहार गर्दा कोरोना संक्रमणको जोखिम पनि कम हुने भएकाले कौसीखेती उपयोगी भएको बेनी नगरपालिका–७ वीरेन्द्रचोककी सृजना भट्टचनले बताए ।      यहाँ बजारका ५० जना महिला र पुरुषले कौसीखेती सम्बन्धी तालीम नै लिएर यो खेती शुरू गरेका हुन् । आफ्नो वडामा कौसीखेतीतर्फ गृहिणीको आकर्षण देखेर बेनी ७ ले दुई साताअघि कौसीखेती सम्बन्धी तालीम नै सञ्चालन गरेको थियो । भान्छाबाट उत्पन्न फोहोर व्यवस्थापन गरी सानो परिवारका लागि घरको छतमा गमलामा तरकारी तथा फलफूल रोपेर गरिने खेतीलाई व्यवस्थित गर्न वडा कार्यालयले उपभोक्तासँग साझेदारीमा तालीम तथा आवश्यक साम्रगी खरीद गरी कौसीखेतीलाई व्यवस्थित गरेको बेनी नगरपालिका–७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।    गमला, प्लाष्टिकका भाँडा, ड्रम तथा बास्केट लगायतमा माटो र मलखाद राखेर कौसीमा खेती गर्न सकिने भएपछि कौसीमा सानो क्षेत्रमा पनि घरपरिवारले तरकारी उत्पादन गर्न सक्ने प्रतिक्रिया उनले दिए ।     तालीममा जैविक तरकारखेतीको आवश्यकता, माटोको तयारी, बाली छनोट, बेर्ना उत्पादन, बेर्ना सार्ने प्रक्रिया, मलखाद व्यवस्थापन, सम्भावित रोग र निदानका उपाय र बाली भिœयाउने प्रक्रिया सिकाइएको थियो । वडा कार्यालयको वार्षिक बजेटअन्तर्गत उक्त तालीम सञ्चालन गरिएको थियो ।  रासस

म्याग्दीमा योगप्रति आकर्षण बढ्दो, युवादेखि वृद्धसम्म

म्याग्दीका सर्वसाधारणको योगप्रति आकर्षण बढेको छ । स्वस्थ रहन र तनाव व्यवस्थापनका लागि योग अभ्यासमा

शिक्षण पेसामा महिला आकर्षण

म्याग्दीमा शिक्षण पेसाप्रति महिलाको आकर्षण बढेको छ । शनिबार प्राथमिक तहमा एक सय जना शिक्षकले स्थायी नियुक्त पत्र लिँदा ४८ जना महिलाले स्थायी नियुक्ति पत्र लिएका छन् ।