म्याग्दीमा फस्टाउँदै कौसीखेती

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारका गृहिणी पछिल्लो समय कौसीखेतीतर्फ आकर्षित भएका छन् । समय कटाउन पनि सजिलो, आफैले घरकै छतमा फलाएका ताजा तरकारी पनि खान पाइने, पैसाको पनि बचत हुने, घरको सुन्दरता पनि थपिने र बाहिर निस्कन नपर्दा संक्रमणबाट पनि जोगिने भएकाले यहाँका गृहिणी कौसीखेतीतर्फ रमाउन थालेका हुन् । बेनी नगरपालिका–७ र ८ मा पर्ने बेनीबजारमा एक हजार २०० भन्दा बढी घर छन् । तीमध्ये अधिकांशमा कौसीखेती गरिएको छ । अग्र्यानिक र विषादीरहित तरकारी खान पाइने, पैसाको बचत हुने र घरमै बसेर तरकारीको स्याहार गर्दा कोरोना संक्रमणको जोखिम पनि कम हुने भएकाले कौसीखेती उपयोगी भएको बेनी नगरपालिका–७ वीरेन्द्रचोककी सृजना भट्टचनले बताए ।      यहाँ बजारका ५० जना महिला र पुरुषले कौसीखेती सम्बन्धी तालीम नै लिएर यो खेती शुरू गरेका हुन् । आफ्नो वडामा कौसीखेतीतर्फ गृहिणीको आकर्षण देखेर बेनी ७ ले दुई साताअघि कौसीखेती सम्बन्धी तालीम नै सञ्चालन गरेको थियो । भान्छाबाट उत्पन्न फोहोर व्यवस्थापन गरी सानो परिवारका लागि घरको छतमा गमलामा तरकारी तथा फलफूल रोपेर गरिने खेतीलाई व्यवस्थित गर्न वडा कार्यालयले उपभोक्तासँग साझेदारीमा तालीम तथा आवश्यक साम्रगी खरीद गरी कौसीखेतीलाई व्यवस्थित गरेको बेनी नगरपालिका–७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।    गमला, प्लाष्टिकका भाँडा, ड्रम तथा बास्केट लगायतमा माटो र मलखाद राखेर कौसीमा खेती गर्न सकिने भएपछि कौसीमा सानो क्षेत्रमा पनि घरपरिवारले तरकारी उत्पादन गर्न सक्ने प्रतिक्रिया उनले दिए ।     तालीममा जैविक तरकारखेतीको आवश्यकता, माटोको तयारी, बाली छनोट, बेर्ना उत्पादन, बेर्ना सार्ने प्रक्रिया, मलखाद व्यवस्थापन, सम्भावित रोग र निदानका उपाय र बाली भिœयाउने प्रक्रिया सिकाइएको थियो । वडा कार्यालयको वार्षिक बजेटअन्तर्गत उक्त तालीम सञ्चालन गरिएको थियो ।  रासस

सम्बन्धित सामग्री

म्याग्दीमा केराखेती फस्टाउँदै

गलेश्वर, २ साउन । म्याग्दीमा पछिल्लो समय केराखेती फस्टाउँदै गएको छ । यहाँका किसानले आयआर्जन गर्न व्यावसायिकरुपमा केराखेती गर्न थालेका छन् । म्याग्दीका ६ वटै स्थानीय तहमा केराखेती गर्ने क्रम बढ्दो छ । जिल्लाका दुई सय १४ किसानले व्यावसायिकरुपमा केरा खेती गर्दै आएको तथ्याङ्क छ । उनीहरुले वार्षिक छ लाखदेखि १३ लाखसम्म आम्दानी गरेका छन् […]

व्यावसायिक बन्दै म्याग्दीमा भेडापालन

म्याग्दी । म्याग्दीका हिमाली खर्कहरूमा भेडापालन व्यवसाय फस्टाउँदै गएको छ । विदेश गएर फर्केका युवाहरूले आफ्नो पुख्र्यौली पेशालाई आधुनिक तरिकाबाट सञ्चालन गर्न थालेपछि भेडापालनले पनि व्यावसायिक रूप लिँदै गएको हो । सिंगापुर र मलेशियाको करीब २ दशक लामो वैदेशिक रोजगारीलाई बिट मारेर फर्किएका धवलागिरि गाउँपालिका–५ मल्काबाङबका देबान छन्त्याल, रघुगंगा गाउँपालिका–८ पात्लेखर्कका मिलन छन्त्याल, ८ वर्षसम्म इराक बसेर फर्केका पात्लेखर्ककै दानबहादुर गर्बुजा लगायत युवाले विदेशमा कमाएको ५० लाखभन्दा बढी रकम खर्चेर व्यावसायिक रूपमै नै भेडापालन शुरू गरेका हुन् । गाउँ शहरमा कोरोनाको कहरले युवाहरू बेरोजगार बनिरहेका बेला कोरोना र लकडाउनको प्रवाहविना भेडापालनमा व्यस्त छन् । फार्म नै दर्ता गरी व्यावसायिक भेडापालन शुरू गरेका उनको फार्ममा अहिले २५० ओटाभन्दा बढी भेडा छन् । उनले ५ वर्षदेखि वनजंगलमा घुम्ती गोठबाट भेडापालन गरेका छन् । उत्पादन भएका भेडाबाख्राका लागि बजारको अभाव नभएको उनले बताए । यस्तै पात्लेखर्ककै दानबहादुर गर्बुजाले पनि प्रवासमा आर्जन गरेको कमाइ गाउँमै भेडापालनमा लगानी गरेका छन् । रोजगारको क्रममा आठ वर्षसम्म इराक बसेर फर्केका गर्बुजाले १३ लाख लगानीमा भेडापालन व्यवसाय शुरू गरेका हु्न् । उनको गोठमा अहिले भेडाको संख्या २५० नाघेको छ । भेडा विक्रीबाट उनले वार्षिक आठ लाखदेखि १० लाख रुपैयाँसम्म कमाउँछन् । यहाँका भेडीगोठ छिसखर्क हुँदै चौरवन, च्यामली, रिखार हुँदै धौलागिरि हिमालको आधार शिविरसम्म लैजाने गरिन्छ । खाद्यान्न सामग्री लिन गाउँ झर्नेबाहेक अन्य चाडपर्वदेखि वर्षात् र हिउँ पर्ने समयमा गोठको जीवन अति कष्टकर हुने भएकाले घुम्ती गोठ रहने क्षेत्रमा आश्रयस्थल बनाइदिए आफूहरूलाई सहज हुने भेडापालक किसान मिलन छन्त्यालको भनाइ छ । भेडा खरीदका लागि व्यापारीहरू गोठमै पुग्ने गर्छन् । व्यापारीहरू गोठमै आउने भएकाले बजारको समस्या नरहेको भेडापालक युवा छन्त्यालको भनाइ छ । यस क्षेत्रबाट वार्षिक करीब २०० भेडा विक्री हुने उनको भनाइ छ ।

व्यावसायिक बन्दै म्याग्दीमा भेडापालन

म्याग्दी : म्याग्दीका हिमाली खर्कहरूमा भेडापालन व्यवसाय फस्टाउँदै गएको छ। विदेश गएर फर्केका युवाहरूले आफ्नो पुख्र्यौली पेशालाई आधुनिक तरिकाबाट  संचालन गर्न थालेपछि भेडापालनले पनि व्यवसायिक रुप लिँदै गएको हो।सिंगापुर र मलेशियाको करिब दुई दशक लामो वैदेशिक रोजगारीलाई बिट मारेर जन्मभूमिमा फर्किएका धवलागिरि गाउँपालिका ५ मल्काबाङबका देबान छन्त्याल, रघुगंगा गाउँपालिका– ८ पात्लेखर्कका मिलन छन्त्याल, ८ वर्षसम्म इराक बसेर फर्केका पात्लेखर्ककै दानबहादुर गर्बुजा लगाएतका युवाहरूले विदेशमा कमाएको र

म्याग्दीमा फस्टाउँदै प्रांगारिक तरकारीखेती

म्याग्दी । कोरोना महामारी शुरू भएयता म्याग्दीमा प्रांगारिक तरकारीखेतीको लहर चलेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले बन्दाबन्दी तथा निषेधाज्ञा जारी गरेपछि मानिसहरू फुर्सदिला बनेको र घरगाउँमै सीमित रहनुपर्ने बाध्यताले उनीहरू प्रांगारिक तरकारीखेतीतर्फ आकर्षित भएका हुन् । प्रांगारिक तरकारीखेतीबाट राम्रो उत्पादन र मनग्गे फाइदा भएपछि जिल्लाका किसान व्यावसायिक रूपमै अग्र्यानिक तरकारी उत्पादनतर्फ लागेका छन् । २८ वर्षदेखि कृषि पेशामा लागेका बेनी नगरपालिका–२ खबराका ५८ वर्षीय चन्द्रबहादुर कार्की पछिल्लो डेढ वर्षयता तरकारीको आम्दानीबाट सन्तुष्ट छन् । जिल्लाको नयाँ पर्यटकीय स्थल लभ्लीहिल नजिकै १२ रोपनी खेत र बारीमा उनले प्रांगारिक तरकारीखेती गर्दै आएका छन् । महामारीको रूपमा फैलिएको कोरोनाको संक्रमण बढेसँगै मानिसले आफ्नो स्वास्थ्यलाई ध्यान दिई अग्र्यानिक खानेकुराको उपभोग बढाए । जिल्लामा आयातित तरकारी र फलफूल नपाइएको र त्यसमा रुचि पनि नभएपछि बजारवासीले कृषककहाँ पुगेरै तरकारी खरीद गर्न थाले । यसले कार्कीजस्तै व्यावसायिक तरकारीखेतीमा लागेका किसान उत्साहित छन् । खबराकै अर्का कृषक शोभित शर्मा, डाँडाखेतका नारायण पौडेल, बाबियाचौरका धर्मराज सुवेदी लगायत कृषकले पछिल्लो समय प्रांगारिक तरकारीको विक्री बढेपछि खेती विस्तार गर्ने सोच बनाएको बताएका छन् । विगतमा तरकारी विक्रीवाट वार्षिक ५ लाख रुपैयाँ आम्दानी गर्दै आएका खबराका कृषक कार्कीले २०७६ चैतदेखि २०७८ को वैशाखसम्म तरकारी विक्रीबाट ११ लाखभन्दा बढी आम्दानी भएको बताए । त्यसैगरी डाँडाखेतका कृषक पौडेलले पनि गतवर्ष आफूले तरकारीबाट सोचभन्दा बढी आम्दानी गरेको सुनाए । म्याग्दीका ६ ओटा स्थानीय तहमा गरी २ सयभन्दा बढी कृषक व्यावसायिक तरकारीखेतीमा लागेका छन् । तरकारीखेतीमा लागेका किसान पछिल्ला वर्षमा उल्लेख्य आम्दानी गर्न सफल भएको कृषि प्राविधिक जगत बानियाँ बताउँछन् । बानियाँ भन्छन्, ‘कोरोना कहर शुरू भएयता मानिसले अग्र्यानिक उत्पादनको महŒव बुझ्न थालेका छन्, जसले गर्दा गाउँका उत्पादनको माग शहर बजारमा बढी हुन थालेपछि किसानलाई फाइदा भएको छ ।’ कोरोनापछि धेरै मानिसले अग्र्यानिक उत्पादन खोज्न थालेको बगरफाँटका कृषक जितबहादुर कार्कीको पनि अनुभव छ । बेनी–बगरफाँट–सुर्केमेला–बरन्जा सडकको छेउमा रहेको उनको बारीमा अग्र्यानिक तरकारी खरीद गर्न बेनीबजारबाट धेरै ग्राहक आउन थालेका छन् । म्याग्दीमा निजीक्षेत्रले करोडौं लगानीमा कृषि फार्म सञ्चालन गरेका छन् । जिल्लाको बेनी नगरपालिका–४ सिंगा र आवेबगरमा करीब १० करोड रुपैयाँ र मंगला गाउँपालिकाको हिदीमा ३ करोड रुपैयाँ लगानीमा प्रांगारिक कृषि फार्म सञ्चालित छन् । जिल्लामा पछिल्लो समय अग्र्यानिक कृषितर्फ युवाको पनि आकर्षण बढ्दै गएको छ । विशेषगरी कोरोनाका कारण विदेशमा रोजगारी गुमाएर गाउँ फर्किएका युवा अग्र्यानिक खेतीतर्फ लागेका छन् ।

बाँझो जग्गामा मिश्रित खेती

म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा पछिल्लो समय मिश्रित खेती प्रणाली फस्टाउँदै गएको छ । एउटै जग्गामा एकभन्दा

फस्टाउँदै भेडापालन

मौसमी तापक्रमको फेरबदलसँगै चिसो खोज्न गोठ सारिरहनुपर्ने भएकाले कुनै समय परम्परागत भेडापालन म्याग्दीमा हराउन थालेको थियो । पुराना पुस्ताले स्याहार्न गाह्रो, नयाँ पुस्तामा वैदेशिक रोजगारीको लहरले पनि भेडीगोठ राख्ने चलन घटेको थियो । तर, अब भने आम्दानीको हिसाब गरेकाहरूले परम्परालाई फेरि बल दिने क्रम सुरु भएको छ ।