चितवन (अस) । फलफूल तथा तरकारी थोक व्यवसायी संघ, चितवनको अध्यक्षमा मुकुन्दप्रसाद गौतम सर्वसम्मत चयन भएका छन् । संघको २२औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनबाट गौतम अध्यक्षमा चयन भएका हुन् । अधिवेशनले ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ, जसको वरिष्ठ उपाध्यक्षमा जयराम पाण्डे, उपाध्यक्षमा रामराज पाण्डे, महासचिवमा दिक्पाल लामा, सचिवमा शम्भु अधिकारीलाई चयन गरेको छ । यस्तैगरी सदस्यहरूमा शंकरप्रसाद भेटुवाल, मनोज साह रौनियार, सुनीता ठकुरी, कुन्दन तामाङ र दीपक अधिकारी रहेका छन् ।
अधिवेशनले अध्यक्षको अनुकूलतामा पहिलो बैठकबाट थप दुई सदस्य मनोनीत हुनेगरी व्यवस्था गरेको छ । फलफूल तथा तरकारी थोक व्यवसायी संघ, चितवन २०५२ सालमा स्थापना भएको हो । हाल संघमा १४५ सदस्य आबद्ध छन् ।