कालिमाटी फलफूल तथा तरकारी बजारमा कारोबार गर्दा क्यू आर कोड मार्फत् भुक्तानी गर्न मिल्ने सेवा सञ्चालनमा ल्याएको छ ।
प्रभु बैंकले फोन पेसँगको सहकार्यमा नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले शुक्रवार बजारमा क्यूआर कोड सञ्चालनमा ल्याएको हो ।
कालिमाटी फलफूल तथा तरकारी बजारको प्राङग्णमा शुक्रवार आयोजित एक समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कालिमाटी फलफूल तथा तरकारी बजार समितिलाई क्यू आर कोड हस्तान्तरण गरी सेवा सञ्चालनको शुरूवात गरे ।
गभर्नर अधिकारीले न...