आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज तनहुँका दशै पालिकामा उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी मनोनयनको दोस्रो दिन जिल्लाका चार नगरपालिका र छ गाउँपालिकामा उम्मेदवारी दर्ता भएको हो ।नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपालगायत दलहरूले आज सबै पालिकामा उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट व्यास नगरपालिकाको प्रमुखमा वैकुण्ठ न्यौपाने र उपप्रमुखमा इन्दिरा दरैको उम्मेदवारी परेको छ । भानु नगरपालिकाको प्रमुखमा आनन्दराज त्