काठमाडौं, २० मंसिर । महाकाली नदीमा निर्माण गर्दै गरेको संरचनाको कार्य तत्काल रोक्न भारत सहमत भएको छ । नेपालीहरुको तिब्र दबाबपछि नदीको बहाव नेपाल तर्फ धकेलेर बनाइरहेको निर्माणको काम अहिलेलाई रोकिएको हो । दुवै देशका अधिकारीहरुको छलफलपछि हाललाई संरचना निर्माण कार्य रोकिएको हो । दुई देशबीच संयन्त्र बनाएरै काम अघि बढाउने सहमति भएको बताइएको छ। […]