काेराेनाविरुद्ध अमेरिकी खाेप लगाउन सुरु, प्रधानमन्त्रीद्वारा शुभारम्म

काठमाडाैँ – कोरोना भाइरसविरुद्धको अमेरिकी खोप लगाउने अभियान सुरु भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट अनुदानमा प्राप्त भएको कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको खोप लगाउने कार्यको साेमबार बिहान शुभारम्भ गरेका हुन्। जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर प्रधानमन्त्री देउवाले अभियानको शुभारम्भ गरेका हुन्। सो कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी पनि सहभागी थिए। […]

सम्बन्धित सामग्री

'मङ्कीपक्स' काे उपचारमा 'स्मलपक्स' काे खाेप लगाउन अनुमति

युरोपेली युनियनले मङ्कीपक्सको उपचारमा स्मलपक्सको खोप लगाउन अनुमति दिएको छ । मङ्कीपक्स र स्मलपक्सको भाइरसका बीचमा धेरै समानता देखिएकाले स्मलपक्सको खोप लगाउन अनुमति दिएको भारतीय एनडीटीभीले जनाएको छ ।  डेनमार्कको औषधि उत्पादक कम्पनी बावरियन नर्डिकले आफूले स्मलपक्सका लागि उत्पादन गरेको खोपलाई युरोपेली युनियनले मङ्कीपक्सको उपचारमा प्रयोग गर्ने अनुमति दिएको जनाएको छ । युरोपेली आयोगका औषधि विज्ञहरूले अनुसन्धान गरेपछि यो निर्णय भएको खबरमा उल्लेख छ । यो खोप युरोपेली युनियनका सदस्य देश, आइसन्ल्याड र नर्वेमा मात्रै प्रयोगको अ...

१२ देखि १७ वर्ष समूहकालाई खोप (फाेटाे फिचर)

काठमाडाैं : उपत्यकामा १२ वर्षदेखि १७ वर्ष उमेर समूहकालाई काेराेनाविरुद्धकाे खोप दिन थालिएको छ। विद्यार्थीलाई लक्षित गर्दै फाइजर र मोडर्नाको खोप दिन थालिएको हाे।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन अनुरोधसमेत गरेको छ। भक्तपुरमा गत शुक्रबारदेखि खाेप लगाउन थालिएकाे हाे भने ललितपुर र काठमाडाैंमा आजदेखि खाेप लगाउन सुरु भएकाे हाे।

जर्मनीमा खाेप नलगाउने व्यक्तिका लागि देशव्यापी लकडाउन

वर्लिन । जर्मनीले खाेप नलगाउने व्यक्तिका लागि देशव्यापी लकडाउन घाेषणा गरेकाे छ । साथै, खाेप नलगाएका व्यक्तिलाई अनिवार्य खाेप लगाउन पनि आह्वान गरेकाे छ । नयाँ नियमअनुसार खाेप नलगाएका व्यक्तिलाई सुपरमार्केट, फार्मेसीलगायतका अत्यावसेकीय सेवामा प्रतिबन्ध लगाइएकाे छ । काेभिडबाट हालै निकाे भएका व्यक्तिलाई भने तत्कालका लागि याे प्रतिबन्ध लागू नहुने भएकाे छ । त्यस्तै, संसदबाट कानुन […] The post जर्मनीमा खाेप नलगाउने व्यक्तिका लागि देशव्यापी लकडाउन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

फाइजर खोप कात्तिक २८ गतेदेखि लगाउन सुरु गरिने

काठमाडौं । अमेरिकाबाट कोभ्याक्स सुविधाअन्तर्गतकाे फाइजर खाेप नेपालमा आइपुगेकाे छ । नेपाल आइपुगेको एक लाख भन्दा बढी डोज फाइजर खोप कात्तिक २८ गतेदेखि गते लगाउन सुरु गरिने भएको छ । नेपालमा पहिलाे पटक आएकाे खाेप १२ देखि १८ वर्ष उमेर समुहका बालबालिकालाई खोप लगाइने भएको हो । देशभरका २४ विशेषज्ञ सेवा उपलब्ध भएका ठूला अस्पतालबाट […]

आजदेखि भेरोसेल खोप लगाइँदै, यी हुन् खोप लगाउन पाउने समूह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई भेराेसेलकाे पहिलाे मात्रा खाेप लगाइदैछ।

मकवानपुरका केही ज्येष्ठ नागरिकले खाेप लगाउन मानेनन्

मकवानपुर – हेटौँडा उपमहानगरपालिकाको बजार क्षेत्रमा कोरोना भाइरसविरुद्धको खोप लगाउन अहिले हानाथाप छ । लक्षित समूहभन्दा पनि पहुँचवालाहरू खोपका लागि स्वास्थ्यकर्मीलाई दबाब दिइरहेका छन् । तर मकवानपुरका दुर्गम गाउँका केही ज्येष्ठ नागरिक भने खोप लगाउनु पर्ला भनेर घरबाटै भागेका छन् । दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा पठाइएको खोप खपत नभएर स्वास्थ्य कार्यालयमा फिर्ता पठाइएको छ । सरकारले जेठ २५, २६ र २७ मा देशभर ६२–६४ वर्षका ज्येष्ठ नागरिकका लागि भेरोसेल खोप दिने अभियान चलाएको थियो । जसअन्तर्गत मकवानपुरको दुर्गम राक्सि...

भारतमा निजी अस्पताललाई शुल्क लिएर कोराेना खाेप लगाउन अनुमति

योसँगै अब तोकिएको शुल्क लिएर निजी अस्पतालहरुले कोभिशिल्ड, कोभ्याक्सिन तथा स्पुतनिक खाेप लगाउन पाउने भएका हुन्।