मकवानपुर – हेटौँडा उपमहानगरपालिकाको बजार क्षेत्रमा कोरोना भाइरसविरुद्धको खोप लगाउन अहिले हानाथाप छ । लक्षित समूहभन्दा पनि पहुँचवालाहरू खोपका लागि स्वास्थ्यकर्मीलाई दबाब दिइरहेका छन् । तर मकवानपुरका दुर्गम गाउँका केही ज्येष्ठ नागरिक भने खोप लगाउनु पर्ला भनेर घरबाटै भागेका छन् । दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा पठाइएको खोप खपत नभएर स्वास्थ्य कार्यालयमा फिर्ता पठाइएको छ ।
सरकारले जेठ २५, २६ र २७ मा देशभर ६२–६४ वर्षका ज्येष्ठ नागरिकका लागि भेरोसेल खोप दिने अभियान चलाएको थियो । जसअन्तर्गत मकवानपुरको दुर्गम राक्सि...