सरकारले वित्तीय अनुशासनको नारालाई लत्याउँदै गत आर्थिक वर्ष ५ खर्ब ९७ अर्ब रुपैयाँभन्दा बढी रकमान्तर गरेको छ । महालेखा परीक्षकको कार्यालयले गरेको लेखापरीक्षण प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा सरकारले ५ खर्ब ९७ अर्ब २४ करोड ९८ लाख रकमान्तर गरेको हो, जुन कुल विनियोजित बजेटको ४०.५० प्रतिशत हुन्छ ।गत आर्थिक वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ […]