इलाम : बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा उपाधिका लागि एभिनियर फुटबल क्लब क्यामरुन र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) झापाबीच प्रतिस्पर्धा हुने भएको छ।धरान रंगशालामा जारी प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा एन्फा मोरङलाई २–० अन्तरले हराउँदै एभिनियर केएफटिसीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको हो ।खेलको ४५ औं मिनेटमा डिम्बाले गोल गर्दै पाहुना टोली एभिनियरलाई अग्रता दिलाएका थिए। खेलको ८५ औं मिनेटमा मोरङले आत्मघाती गोल गरेपछि एभिनियर सहजै फाइनल प्रवेश ग