काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका फरवार्ड अन्जन विष्टले मनाङ मर्स्याङ्दी क्लब छोडेर नवप्रवेशी चर्च ब्वाइज युनाइटेडबाट खेल्ने भएका छन् । मनाङको कप्तान समेत रहेका अन्जनले नयाँ सिजनका लागि चर्च ब्वाइजसँग एक वर्षको सम्झौता गरेका हुन् । मनाङबाट पहिलो सिजनमै लिग उपाधि जितेका अन्जनले क्लबका लागि उत्कृष्ट प्रदर्शन गरे । मोफसलमा आहा! गोल्डकप, बुढासुब्बा गोल्डकप […]
काठमाण्डाै - २२ औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबलको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ ।
धरान रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लबलाई ३-१ ले हराउँदै मनाङ चौथो पटक बुढासुब्बा गोल्डकप जित्न सफल भएको हो । उपाधिसहित मनाङले १० लाख र पुलिसले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
उपाधिको दाबेदार मानिएको लक्ष्मी हुण्डाई मनाङ मर्स्याङ्दी क्लबलाई १–० ले स्तब्ध बनाउदै संकटा क्लब १० औं बुढासुब्बा रेडबुल गोल्डकप प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ।