टोकियो ओलम्पिकः गौरिकाले तोडिने आफ्नै राष्ट्रिय कीर्तिमान

काठमाडौं। नेपालकी पौडी खेलाडी गौरिका सिंहले टोकियो ओलम्पिकमा आफ्नै राष्ट्रिय कीर्तिमान तोडेकी छन्। आज सम्पन्न महिला १०० मिटर फ्रीस्टाइलको हिट–१ मा गौरिकाले १ मिनेट ११ सेकेण्डमा दुरी पार गर्दै कीर्तिमान बनाएकी हुन्। प्रतिस्पर्धामा गौरिकाले २०१९ मा सम्पन्न १८औं विश्व च्याम्पियनसिपमा एक मिनेट ००.६२ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। तथापी गौरिका हिट चरणबाटै बाहिरिन्। ५२ खेलाडीमध्ये गौरिका ५१औं स्थानमा रहिन्।

सम्बन्धित सामग्री

टोकियो ओलम्पिकः नेपालकी सरस्वती पहिलो चरणबाटै बाहिरिन्

काठमाडौं। नेपालकी धावक सरस्वती चौधरी टोकियो ओलम्पिकको पहिलो चरणबाटै बाहिरिएकी छन्। एथलेटिक्समा महिला १०० मिटर दौडमा आज बिहान सम्पन्न खेलमा सरस्वतीले निर्धारित दुरी १२.९१ सेकेण्डमा पूरा गरेकी थिइन्। सरस्वतीले व्यक्तिगत प्रदर्शनसमेत सुधार्न सकिनन्। यस स्पर्धामा सरस्वतीको उत्कृष्ट समय १२.५५ सकेन्ड छ। देवीमाया पनेरुको नाममा १२.२० सेकेण्डको राष्ट्रिय कीर्तिमान छ। सरस्वती अन्तिम समयमा गोपीचन्द्र पार्कीको स्थानमा टोकियो गाएका हुन्।

टोकियो ओलम्पिकः सबैभन्दा आशा गरिएकी गौरिकाले आज खेल्ने

काठमाडौं। टोकियो ओलम्पिकबाट सबैभन्दा बढी आशा गरिएकी गौरिका सिंहले आज आफ्नो चुनौती पेस गर्नेछिन्। १३औं सागमा कीर्तिमानी चार स्वर्ण पदक जितेकी गौरिकाले महिलाको १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन्। गौरिकाको खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे हुनेछ। यस स्पर्धामा गौरिकाकै नाममा राष्ट्रिय कीर्तिमान छ। पौडीकै एलेक्जेन्डर शाहले मंगलबार पुरुषको १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाए पनि हिट चरण पार गर्न सकेनन्।

टोकियो ओलम्पिकः सुटिङमा कल्पनाको राष्ट्रिय कीर्तिमान

काठमाडौं। टोकियो ओलम्पिकमा सुटिङ खेलाडी कल्पना परियारले महिला १० मिटर एयर राइफलमा नेपालको राष्ट्रिय कीर्तिमान बनाएकी छन्। शनिबार बिहान आसाका सुटिङ रेन्जमा कल्पनाले छनोट चरणमा कुल ६१६.८ अंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। कल्पनाले १३ औं सागमा आफैंले बनाएका ६१४.५ अंकको कीर्तिमान तोडेकी हुन्। तथापी उनी अघिल्लो चरण प्रवेश गर्न सकिनन्। ५० खेलाडी सहभागी छनोट चरणमा कल्पना ४६औं स्थानमा रहिन्।