आयोगले कडाइका साथ आचारसंहिता पालना गराउने

आगामी तेस्रोचरणको स्थानीय तह तथा प्रतिनिधिसभा र प्रदेशभा निर्वाचनमा सरकार, राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आचारसंहिता पालना गर्न/गराउन निर्वाचन आयोग कठोर बन्ने भएको छ । अघिल्ला निर्वाचनमा राजनीतिक दल र उम्मेदवारबाट व्यापकरुपमा आर्थिक चलखेल र भड्किलो प्रचारप्रसार हुँदासमेत कुनै कारबाही गर्न नसकेको भनी चौतर्फीरुपमा आलोचना र आरोप खेपिरहेको आयोगले आगामी निर्वाचनमा भने आचारसंहिता उलंघन गर्नेलाई…

सम्बन्धित सामग्री

निर्वाचन आचारसंहिता अनुगमनमा कडाइ

काठमाडौं, चैत २६ । उपनिर्वाचनको लागि औपचारिक प्रचारप्रसार शुरू भएसँगै निर्वाचन आयोगले आचारसंहिता पालना गरे नगरेको विषयमा कडाइका साथ अनुगमन गर्न शुरू गरेको छ । यही वैशाख १० गते चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा हुने उपनिर्वाचनको लागि शुक्रबारदेखि औपचारिक प्रचारप्रसार शुरू भएको थियो । त्यसलाई मध्यनजर […]

चुनाव खर्चकाे विवरण सुरक्षा निकायबाट सङ्कलन गरिने

काठमाण्डाै – निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलको चुनाव खर्चको विवरण नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको स्थानीय संरचनामार्फत सङ्कलन गर्ने भएको छ । आयोगले उम्मेदवार  तथा राजनीतिक दलले चुनावमा खर्च गर्दा आयोगले तोकेको सीमाभित्र रही खर्च गरे/नगरेकोबारे सुरक्षा निकायबाट विवरण सङ्कलन गर्ने भएको हो । कडाइका साथ निर्वाचन आचारसंहिता कार्यान्वयन गरिरहेको जनाउँदै आयोगले निर्वाचन आचारसंहिता पालना भएको नभएको पनि नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका स्थानीय संरचनाबाट गर्ने भएको छ ।  आज बिहीवा...

निर्वाचन आचारसंहिता पालना गर्न आयोगको निर्देशन

काठमाडौँ – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जारी आचारसंहिताको उल्लङ्घन गरेको पाइए निर्वाचन आयोग दण्डात्मक हुने भएको छ । आयोगबाट गठित केन्द्रीय निर्वाचन अनुगमन समितिको आजको पहिलो बैठकले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं भयरहित बनाउन कडाइका साथ निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने र गराउने निर्णय गरेको हो । बैठकमा प्रमुख […]

मतदाताको विवेकको परीक्षा

मुलुक निर्वाचनको सँघारमा छ। २०७९ मङ्सिर ४ गते सङ्घीय संसद् र प्रदेश सभाको निर्वाचन एकैदिन गर्ने तयारी भइरहेको छ। यो काम निर्वाचन आयोगका लागि ठूलो चुनौती हो। निर्वाचन घोषणा भएदेखि यता आयोगले स्थानीय निर्वाचनको खर्च विवरण पेस नगरेका धेरै उम्मेदवारलाई जरिवाना, आचारसंहिता पालना गराउनेदेखि प्रत्यक्ष र समानुपातिकमा निवेदन दिनेसमेतका कार्यक्रम कडाइका साथ सार्वजनिक गरेर राजनीतिक दलहरूलाई नियम पालना गराइरहेको छ। यसले दलहरूले विगतका निर्वाचनमा जस्तै मनपरी गर्ने सम्भावना देखिँदैन। यही गतिमा निर्वाचन आयोगले काम गर्ने हो भने निर्वाचन निष्पक्ष हुनेछ। यसअघि हुँदै आएका गलत काम पनि नियन्त्रण हुनेछन्। लोकतन्त्रको मुटु भनेकै आवधिक निर्वाचन हो। निर्वाचनको सफलता र विश्वसनीयता नै निर्वाचन आयोगको निष्पक्षतामा निर्भर हुन्छ। यसो गर्न सके मात्र आयोगले नेपाली जनताप्रतिको दायित्व पूरा गरेको मानिनेछ।

स्थानीय तहको निर्वाचन : आचारसंहिता पालना र निगरानीमा आयोगको जोड

काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई विवादरहित र स्वतन्त्र ढंगले सम्पन्न गराउन निर्वाचन आयोगले विभिन्न रणनीति तय गरेको छ । सोही क्रममा आयोगले निर्वाचन आचारसंहिता कडाइका साथ लागू गरिरहेको भने निगरानी चुस्त बनाउन मत गणनास्थस्थलमा अनिवार्य रूपमा क्लोज सर्किट टेलिभिजन (सीसीटीभी) राख्नुपर्ने व्यवस्था गरेको छ ।    आयोगले ७५३ ओटै स्थानीय तहको मतगणना स्थलमा अवाञ्छित गतिविधि रोक्ने र विवाद कम गर्ने उद्देश्यले सीसीटीभी राख्न यस अघि नै निर्देशन दिइसकेको थियो । मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागि समेत यो उपयोगी हुनेछ । सो प्रयोजनका लागि आयोगले नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई परिपत्र पनि गरेको थियो । मंगलवारसम्ममा सबै पालिकामा त्यस्तो क्यामेरा जडान भइसकेको बताइएको छ । त्यस्तै ५० पालिकाले आयोगको भीएमएस सिस्टमसँग जडान नहुने सीसीटीभी जडान गरेको पाइएकाले त्यसलाई पनि सोही प्रणालीमा जडान हुनेगरी व्यवस्था गर्न भनिएको छ । त्यस्तो कार्य वैशाख २९ गतेसम्म पूर्णरूपमा सम्पन्न गर्न निर्देशन दिइएको छ ।      आयोगले जिल्ला प्रशासन कार्यालय, स्थानीय तहका निर्वाचन अधिकृतलाई त्यस्तो निर्देशन गरेको हो । सबै मतगणनास्थलको प्रत्यक्ष दृश्य आयोगको बहादुरभवनस्थित कार्यालयबाटै हेर्न मिल्नेगरी व्यवस्था मिलाइएको छ । यसबाट निर्वाचनको विश्वसनीयतामा समेत वृद्धि हुने र कुनै अवाञ्छित गतिविधिले प्रश्रय नपाउने विश्वास लिइएको छ । आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले आयोगको निर्णय कार्यान्वयन गर्न आनाकानी गरिए मान्य नहुने बताएका छन् । विगतको निर्वाचनमा चितवनको भरतपुर महानगरपालिका र केही पालिकामा मतगणनामा विवाद हुँदा केही वडामा पुनः मतदान समेत भएको थियो । निर्वाचनका लागि कुल १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र निर्धारण गरिएको छ । यस्तै कुल १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । यही वैशाख ३० गते ७५३ स्थानीय तहका कुल ३५ हजार २२१ पदका लागि निर्वाचन हुँदै छ । निर्वाचनमा १ लाख ४५ हजार १० उम्मेदवार छन् । रासस

आयोगले कडाइका साथ आचारसंहिता पालना गराउने

काठमाडौं, भदौ १७ । आगामी तेस्रो चरणको स्थानीय तह तथा प्रतिनिधिसभा र प्रदेशभा निर्वाचनमा सरकार, राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आचारसंहिता पालना गर्नरगराउन निर्वाचन...