प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । कोरोनाको जोखिम कम भएसँगै पछिल्लो समय मुक्तिनाथमा दर्शनार्थीहरूको घुइँचो लाग्न थालेको हो । नयाँ वर्ष तथा चैते दशैँको अवसरमा स्वदेशी पर्यटकहरुले मुक्तिनाथ क्षेत्र भरिभराउ भएको छ । हरेक वर्ष चैते दशैँ, बडा दशैँ एवं औँसीको अवसरमा मुक्तिनाथ धाममा दर्शन गर्ने व्रतालुहरूको भीड लाग्ने गर्छ ।यस वर्ष पनि मुक्तिनाथमा आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या बढीरहेको स्थानीयहरु बताउछन् । नेपालको मुस्ताङ जिल्लामा पर्ने मुक्तिनाथ धाम भारतको ब