काठमाडौँ – प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथमा आन्तरिक पर्यटक बढ्न थालेका छन्। कोरोनाको जोखिम कम भएसँगै पछिल्लो समय मुक्तिनाथमा दर्शनार्थीको घुइँचो लाग्न थालेको हो। नयाँ वर्ष तथा चैते दसैँको अवसरमा स्वदेशी पर्यटकले मुक्तिनाथ क्षेत्र भरिभराउ भएको छ। हरेक वर्ष चैते दसैँ, बडादसैँ एवं औँशीको अवसरमा मुक्तिनाथ धाममा दर्शन गर्ने भक्तालुको भीड लाग्ने गर्छ। यस वर्ष पनि […]