काठमाडौँ : केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बाँसबारीस्थित सरकारी जग्गा किर्ते तथा ठगी प्रकरणमा कांग्रेस सांसद एवं अर्बपति विनोद चौधरीमाथि अनुसन्धान थालेको छ। पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशलाई समातेकै भोलिपल्ट पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेको सिआइबीले त्यसलगत्तै चौधरीमाथि अनुसन्धान थालेको हो। सिआइबीका प्रवक्ता होबिन्द्र बोगटीले अनुसन्धान थालिएको र सो विवरण सभामुख देवराज घिमिरेलाई जानकारी गराइएको थाहाखबरसँग बताए। बाँसबारी छालाजुत्ता कारखानाको सरकारी ज