इंग्ल्याण्डका पुगे, अष्ट्रेलियाली माल्दिभ्स प्रस्थान र न्युजिल्याण्डका लागि ‘चाटर्ड’ उडान

इन्डियन प्रिमियर लिग(आईपीएल) स्थगित भएपछि अन्यौलमा परेका विदेशी खेलाडी आ आफ्नो गन्तब्य तिर लागेका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले सम्बन्धित राष्ट्रका क्रिकेट संघ र फ्रेञ्चाइजसँगको समन्वयमा खेलाडीको ब्यवस्थापन गरेको छ । प्रिमियर लिगमा अष्ट्रेलिया, इंग्ल्याण्ड र न्युजिल्याण्डका खेलाडी तथा प्रशिक्षक सबैभन्दा बढी थिए । ती मध्ये केहीमा कोरोनाको सङ्क्रमणको पुष्टि समेत भएकोले सङ्क्रमित खेलाडी फ्रेञ्चाइजकै ब्यवस्थापनमा कम्तिमा दश दिन फ्रेञ्चाइजले भारतमै ब्यवस्थापन गरेको छ ।

सम्बन्धित सामग्री

१४ दिनमा चार खेल, नेपाली फुटबल टिमको लागि चुनौती

६ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम इराकसँगको मैत्रीपूर्ण खेल र फिफा विश्वकप/एएफसी एसियन कप संयुक्त छनोटका लागि आगामी मंगलबार इराक प्रस्थान गर्दैछ । कोरोना महामारीको यो कठिन परिस्थितिमा छोटो तयारीपछि नेपाली टोली कतार एअरलाइन्स‌्को विशेष चाटर्ड प्लाइटमा इराक जान लागेको हो । नयाँ प्रशिक्षक अब्दुल्ला अलमुताइरीको लागि नेपाली टिमसँग यो पहिलो टुर हुनेछ […]

न्युजिल्याण्डका टिम सैफर्ट भारतमा कोरोनाबाट सङ्क्रमित

न्युजिल्याण्ड क्रिकेट टोलीका विकेटकीपर ब्याट्सम्यान टिम सैफर्ट कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । भारतमा इन्डियन प्रिमियर लिगमा कलकत्ता नाइट राइडर्सको प्रतिनिधित्व गर्नुभएका सैफर्ट हाल अहमदाबादमा हुनुहुन्छ । आइतबार न्युजिल्याण्डका खेलाडी ‘चाटर्ड’ विमानबाट न्युजिल्याण्ड प्रस्थान गर्दा टिम सैफर्ट उक्त प्रस्थान टोलिमा रहनुहुने छैन् । अहमदाबादबाट उपचारकै लागि उहाँ चेन्नईस्थित एक नीजि अस्पतालमा भर्ना हुनेछ ।

अलराउन्डर साम कर्रन सीमित ओभरका लागि मात्रै उपलब्ध हुने

इंग्ल्याण्डका अलराउन्डर साम कर्रन भारत विरुद्धको सीमित ओभरका लागि मात्रै उपलब्ध हुनुहुने भएको छ । टोलि ब्यवस्थापनले उहाँलाई चौथो टेष्टमा सहभागी हुने गरी इंग्ल्याण्डबाट प्रस्थान गर्ने ब्यवस्था गरेको थियो । तर ब्यवसायिक उडानमा भारत आउँदा क्वारेन्टिनमा बस्नुपर्ने भएकोले उहाँ सीमित ओभरको खेलका लागि चाटर्ड उडानमा मात्रै आउनुहुने भएको छ ।