सोलुखुम्बु : सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण सकिएको छ।छैटौँपटक म्याद थपिएको आयोजनाको काम शनिबार सकिएको आयोजना प्रमुख जर्नाधन गौतमले जानकारी दिए।लामो समयदेखि सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–८ पत्ताले र उदयपुरको कटारी नगरपालिका–४ मरुवाका स्थानीयको अवरोधका कारण आयोजना निर्माणमा ढिलाइ भएको थियो।पत्तालेका स्थानीयले प्रशारण लाइन क्षेत्रको मुआब्जा माग्दै अवरोध गरेका थिए भने मरुवाका स्थानीयवासीले प्रसारण लाइनको मार्ग सार्न माग गर्दै २ वर्षदेखि अवरोध गरेक