म्याद थपेर पनि सकिएन सोलु करिडोरको काम

सोलुखुम्बु : सोलु करिडोर १३२ केभी प्रशारण लाइन आयोजनाको काम सम्पन्न गर्न पुनः दोस्रो पटक म्याद थप गरिने भएको छ। सन् २०२० को जनवरीसम्म काम सम्पन्न गर्ने गरी पहिलोपटक पटक म्याद थप गरेको आयोजनाले निर्धारित समयमा काम नसक्दा पुनः दोस्रो पटक म्याद थप गर्न मन्त्रालयमा फायल अगाडि बढाएको हो। सन् २०१६ सेप्टेम्बर २५ देखि&...

सम्बन्धित सामग्री

दिल्लीबाट सोलु करिडोर प्रसारणलाइनको उद्घाटन

१९ चैत, काठमाडौं । सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारणलाइनको उद्घाटन भएको छ । प्रधानमन्त्री शनिबार भारत भ्रमणमा रहेका शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा संयुक्त रुपमा स्वीच थिचेर प्रसारणलाइनको उद्घाटन गरेका छन् । सोलुखोला जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको प्रसारणलाइन करिब ३ वर्ष ढिला […]

देउवा र मोदीद्वारा सोलु करिडोर उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँ दिल्लीबाट शनिबार भर्चुअल माध्यममार्फत सोलु करिडोर प्रसारण लाइन आयोजना उद्घाटन गरेका छन् । भारतको तीन अर्ब २० करोड रुपैयाँ सहुलियत ऋणमा निर्मित ९० किलोमिटर लामो सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजना उद्घाटन गरी नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो । यसअघि दुई देशका प्रधानमन्त्रीले नेपाल रेल सेवाको संयुक्तरुपमा उद्घाटन गरेका थिए । भारतीय सहयोगमा निर्मित नेपालको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटर लामो सीमापार रेल लिंक

नेपाल र भारतका प्रधानमन्त्रीद्वारा सोलु करिडोर प्रसारण लाइन उद्घाटन हुने

लामो प्रयास र अथक मेहनतपछि निर्माण सम्पन्न भएको सोलु करिडोर प्रसारण लाइनको शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले श्रव्यदृश्यका माध्यमबाट उद्घाटन हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणकाअनुसार सो आयोजना गत महिना मात्रै निर्माण सम्पन्न भएको हो । प्रधानमन्त्री देउवा आज (शुक्रबार) भारत भ्रमणमा जाँदै हुनुहुन्छ । सोही अवसरमा शनिबार प्रसारण …

सोलुखुम्बमा सोलु प्रसारण लाइन सञ्चालनमा

सोलुखुम्बु । सोलु करिडोर १ सय ३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । सोलुखोला जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको प्रशारण लाइन सञ्चालनमा आएको हो । प्रशारण लाइन ३ वर्ष ढिलो गरी प्रशारणमा आएको हो । नेपाल सरकारको लगानी र भारतीय निर्यात–आयात एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा […]

बन्यो सोलु करिडोर प्रशारण लाइन, छिट्टै सञ्चालनमा आउने

सोलुखुम्बु : सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण सकिएको छ।छैटौँपटक म्याद थपिएको आयोजनाको काम शनिबार सकिएको आयोजना प्रमुख जर्नाधन गौतमले जानकारी दिए।लामो समयदेखि सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–८ पत्ताले र उदयपुरको कटारी नगरपालिका–४ मरुवाका स्थानीयको अवरोधका कारण आयोजना निर्माणमा ढिलाइ भएको थियो।पत्तालेका स्थानीयले प्रशारण लाइन क्षेत्रको मुआब्जा माग्दै अवरोध गरेका थिए भने मरुवाका स्थानीयवासीले प्रसारण लाइनको मार्ग सार्न माग गर्दै २ वर्षदेखि अवरोध गरेक

सोलु करिडोर प्रसारणलाइन निर्माण सम्पन्न

सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारणलाइन आयोजनाको निर्माण सम्पन्न भएको छ । प्रसारण लाइनको रुट सार्न माग गर्दे उदयपुरको कटारी नगरपालिका—४ मरुवामा करिब दुई वर्षदेखि भएको अवरोध हटेर टावर खडा गर्ने र तार टाँग्ने काम शनिबार सकिएसँगै आयोजनाको निर्माण सम्पन्न भएको हो । सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बुको तिंलासम्मको प्रसारण लाइनको लम्बाइ ९० […]

सुल्झियो सोलु करिडोरको विवाद, डेढ महिनामा निर्माण सक्ने योजना

१४ कात्तिक, काठमाडौं । सोलु करिडोर प्रसारणलाइन निर्माणमा करिब तीन वर्षदेखि भइरहेको अवरोध हट्ने भएको छ । सोलुखुम्बु र आसपासका क्षेत्रका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोड्ने सोलु करिडोरमा उदयपुरको कटारी नगरपालिकाको मरुवामा विवाद थियो । तर, हालसालै विरोधमा रहेका जग्गाधनीले मुआब्जा रकम बुझेका छन् । आयोजना प्रमुख जनार्दन गौतमका अनुसार जग्गाधनीले नै जिल्ला […]

सोलु करिडोर प्रसारण लाइन विवाद, कटारी नगरपालिकामा तालाबन्दी

उदयपुर : उदयपुरको कटारी नगरपालिकामा तालाबन्दी गरिएको छ। सोलु करिडोर विद्युत् प्रसारण लाइनको रुट परिर्वतन माग राख्दै आन्दोलनरत स्थानीयले तालाबन्दी गरेका हुन्।बिहीबार कटारी नगरपालिका ४ मरुवास्थित मरुवाका स्थानीयले नगरपालिकामा तालाबन्दी गरेका हुन्। विद्युत प्रसारण लाइनको टावर मरुवा सामुदायिक वनमा निर्माण गर्नुपर्ने र बस्तीमा टावर निर्माण गर्न नदिने अडान लिएर उनीहरूले तालाबन्दी गरेका हुन। निर्माणाधीन रहेको प्रसारण लाइनको विवादित क्षेत्रमा सयौँ संख्यामा प्रहरी परिचालन गरेर काम सुरु गरिएको छ। प्र