राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन् ।
मन्त्रिपरिषद्ले मंगलवार पारित गरेर सिफारिश गरेको अध्यादेश बुधवार जारी भएको राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले लोकान्तरलाई जानकारी दिए ।
राजनीतिक दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुर्याउनु पर्ने व्यवस्थालाई परिवर्तन गरी संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत भए पुग्ने व्यवस्थासहित अध्यादेश जारी गर्न मंगलवार सरकारले राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो ।
प्रमुख प्रतिपक्षी दल एमाले विभाजन र ...