प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बावजुद सरकारले संसदमा राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गरेको छ ।
बुधवार बसेको प्रतिनिधि सभा बैठकको तेस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दलसम्बन्धी अध्यादेश टेबल गरेका हुन् ।
यही अध्यादेशका कारण नेकपा एमाले र जसपा विभाजन भएका थिए ।
नेकपा एमालेका सांसदको विरोध छलेर गृहमन्त्री खाण संसद्को रोष्ट्रममा पुगेका थिए । एमाले सांसदहरू रोस्ट्रमतर्फ अगाडि बढ्न खोज्दा मर्यादापालकले रोकेका थिए ।
राजनीतिक दलसम्बन्धी अध्यादेश टेबल गरेसँगै प्रतिनिधि सभाको बैठक शुक्रवारस...