प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचन आयोगले गरेको निर्णय स्वागतयोग्य रहेको बताएका छन् ।
माघ २३ गते पार्टीका तर्फबाट आयोजना गर्न लागिएको जनसभाबारे जानकारी दिने उद्देश्यले पार्टी कार्यालय धुम्बाराहीमा सोमवार आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचन आयोगले गरेको निर्णयबाट आफूहरूले लिएको अडानलाई बल पुग्ने बताए ।
उनले भने, ‘हामीले निर्वाचन आयोगले गरेको निर्णयलाई स्वागत गरेका छौं ।’ उपप्रधानमन्त्री पोखरेलले अराजकता चाहनेले पार्टी फु...