ओखलढुंगा : नेकपा ओली समूहले ओखलढुंगामा समानान्तर स्थानीय कमिटी गठनको तयारी गरेको छ। पौष १९ मा भएको जिल्लास्तरीय कार्यकर्ता भेलासँगै जिल्ला कमिटी गठनपश्चात जिल्लाका स्थानीय तहमा पनि समानान्तर कमिटी बनाउन लागिपरेको छ।संसद् विघटनपछि फरक पार्टीको अभ्यास गर्दै आएको नेकपाको ओली गुटले जिल्ला कमिटी घोषणा गरेको केही समयपछि सुनकोसी, मोलुङ र मानेभञ्ज्याङ गाउँपालिका गरी चार स्थानीय तहमा समेत कमिटी घोषणा गरेको छ।चार वटा स्थानीयतहमा हाल अध्यक्ष सचिव घोषणा गरिएको छ । मानेभञज्याङमा अध्यक्ष