अमेरिकाबाट थप ३५ जना नेपाली नागरिक डिपोर्ट भएका छन् । अमेरिकाबाट डिपोर्ट भएका ३५ जना नेपालीहरू बुधबार साँझ काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् । उनीहरूलाई अमेरिकाले चार्डर्ट विमानमार्फत स्वदेश फर्काएको हो । डिपोर्ट भएकाहरूलाई विमानस्थल अध्यागमन कार्यालयले नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको जिम्मा लगाएको थियो । ब्यूरोले उनीहरूसँग प्रारम्भिक सोधपुछ गरेको थियो । […]
आमाबुबा बन्ने सुखसँगै जिम्मेवारीहरू पनि थपिएर आउँछ, आफ्ना सन्तानलाई राम्रो संस्कार दिने जिम्मेवारी । संसारका सबै आमाबुबा हरू चाहन्छन् कि उनका छोरा–छोरी बुद्धिमान, आज्ञाकारी र नम्र बनून् । तर जब बच्चा आमाबुबाको कुरा सुन्दैन, उल्टै …
कलैया, बारा– सिमरा विमानस्थल र जीतपुर सिमरा आसपास क्षेत्रमा जेन-जी युवाहरूले गरेको प्रदर्शनका कारण दोस्रो दिन बिहीबार पनि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको छ । सम्भावित जनधनको क्षति हुन नदिन भन्दै जिल्ला प्रशासन कार्यालय बाराले बिहीबार दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो। परिस्थिति थप बिग्रन नदिन स्थानीय […]
पटना- जनता दल युनाइटेडका प्रमुख नितिश कुमारले बिहीबार इतिहास रच्दै प्रधानमन्त्री नरेन्द्र मोदी तथा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडीएका वरिष्ठ नेताहरूको उपस्थितिमा बिहारको मुख्यमन्त्रीका रूपमा शपथ लिएका छन् । सन् २०२० मा प्रधानमन्त्रीले शपथ समारोहमा भाग लिन नसके पनि यसपटक उनको विशेष उपस्थितिले कार्यक्रमलाई अझ अर्थपूर्ण बनाएको थियो । शपथ ग्रहण पटनाको ऐतिहासिक गान्धी मैदानमा सम्पन्न […]
४ मंसिर, काठमाडौं । बाराको सिमरामा भइरहेको जेनजी युवाको प्रदर्शनका कारण फर्किएर वीरगन्ज जान लागेको बसले स्कुटरलाई ठक्कर दिँदा एकजना गम्भीर घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार …
दमौली– मुग्लिन-पोखरा सडक आयोजना (पश्चिम खण्ड) मा सडक स्तरोन्नति भइरहेकाले दैनिक छ सय जनाले रोजगारी पाएका छन् । तनहुँको जामुनेबाट पोखराको सेती पुलसम्मको पश्चिम खण्डमा सडक तथा पुल निर्माण, कलोपत्रलगायत कामका लागि दैनिक छ सय जना मजदुर खटिएका हुन् । आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार उक्त खण्डमा दैनिक छ सयका दरले मासिक १८ हजार मजदुरले […]