चन्द्रमामा गयो भूकम्प, चन्द्रयानले गर्यो रेकर्ड

काठमाडौं । भारतीय अन्तरीक्ष एजेन्सी इसरोको चन्द्रयान–३ मिसन अन्तरगत चन्द्रमामा अवतरण भएको विक्रम ल्याण्डरले लगातार नयाँ–नयाँ खोज गरिरहेको छ । चन्द्रमाको सतहमा नवीन प्रयोगहरु गरिरहेको विक्रम ल्याण्डरले पछिल्लोपटक चन्द्रमामा भूूकम्पीय गतिविधि रेकर्ड गर्न सफल भएको छ । इसरोले बिहीबार आफ्नो एक्स अकाउन्टमार्फत् उक्त जानकारी दिएको हो । जस अनुसार विक्रम ल्याण्डरमा यस्ता उपकरण लगाइएको छ […]

सम्बन्धित सामग्री

सेयर बजारबाट कहाँ गयो पैसा ?

२७ भदौ, काठमाडौं । साउन ३१ गते सेयर बजारमा हालसम्मकै उच्च रकमको कारोबार रेकर्ड बन्यो । सो दिन २९ अर्ब ९५ करोड रुपैयाँको कारोबार भयो । भदौको पहिलो कारोबार दिन २ गते २८ अर्ब ८३ …

चीनको हेबेईमा बाढीमा पर‍ि १० जनाको ज्यान गयो

चीनको हेबेईमा बाढीमा परि कम्तीमा १० जनाको ज्यान गएको छ । चीनको उत्तरी हेबेई प्रान्त बाओडिङमा आएको बाढीमा उनीहरुको ज्यान गएको हो । बाओडिङ सहर बेइजिङबाट झण्डै एक सय ५० किलोमिटर टाढा पर्छ । यो सहरका ६ लाखभन्दा धेरै मानिस जोखिममा रहेका र उनीहरुलाई सुरक्षित ठाउँमा सारिएको विपद् निकायलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । चीन यसवर्ष रेकर्ड तोड्ने गर्मीदेखि ठूलो वर्षासम्मको चरम मौसमी चपेटामा परेको छ । गएको महिना मात्रै प्राकृतिक प्रकोपका कारण एक सय ४७ जनाले ज्यान गुमाएका थिए । चीनमा शुक्रवार...

राजनीतिक स्वार्थ आर्थिक विकासको अवरोध

२०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालको अर्थतन्त्रले सकारात्मक मोड लियो । संसद्मा पूर्ण बहुमतसहित गठन भएको निर्वाचित सरकारका कारण जनमानसमा स्थायित्वको अनुभूति भएको थियो । सरकारले लाइसेन्स राजको अन्त्य र उद्योग व्यवसाय सबै क्षेत्रमा निजीक्षेत्रलाई उच्च प्राथमिकता दिँदै जलविद्युत्, बैंकिङ तथा बीमा, हवाई यातायात, सञ्चार तथा टेलिफोन, हुलाक, शिक्षा, स्वास्थ्य आदि क्षेत्र निजीक्षेत्रलाई खुला गरिदिएकाले र खुला अर्थतन्त्रको अपेक्षित विकासको क्रम शुरू भएको थियो । यसै बखत नियार्त जन्य उद्यागे , गार्मेन्ट, कार्पेट , पश्मिना आदिमा रेकर्ड उत्पादन तथा निर्यात भएको थियो । तर, सरकारको गलत श्रमनीति, अनुगमन तथा संरक्षणको अभावले यस्ता उद्योगहरू पनि दीर्घकालीन रुपमा कायम रहन सकेनन् । २०५१ सालमा बहुमत प्राप्त सरकारले नै संसद भंग गरी आम निर्वाचन घोषणा गरेपछि देशमा थप अस्थिरताको युग शुरू भयो । ०५१ सालमा भएको मध्यावधिमा कुनै राजनीतिक दलले बहुमत प्राप्त गर्न नसकेको र मुलुकमा शुरू भएको राजनीतिक अस्थिरताको जगमा २०५२ साल फागुन १ गतेदेखि माओवादी सशस्त्र आन्दोलन शुरू भयो र यो करीब ११ वर्षसम्म विभिन्न स्वरुपमा कायम रह्यो । गाउँगाउँबाट युवाहरू पलायन भएर या त विदेशिए या शहर छिरे । राज्यको बजेटको बढी अंश शान्तिसुरक्षा कायम गर्न र हतियार खरिद गर्नमै खर्च हुन थाल्यो । उद्योगधन्दाहरू सञ्चालन गर्न नसकिने जस्तो कठिन अवस्था हुन गयो । बन्द–हडताल र उद्योगमा तोडफोड जस्ता विषय सामान्य लाग्न थाले । ग्रामीण क्षेत्रबाट पलायन भएका अधिकांश युवा खाडी मुलुकसहित विदेशमा रोजगारी गर्न गएकाले ग्रामीण क्षेत्रमा खेती ह्रास हुँदै गयो । विदेशबाट पठाएको पैसाले शहर छिरेका घरपरिवारका सदस्यले जीवन चलाउने हुँदा उपभोग संस्कृतिमा अझ बढी खर्च हुन थाल्यो । अधिकांश जमिन बाँझै रहेकाले ५ दशकअघिसम्म प्रमुख खाद्यान्न निर्यात गर्ने मुलुक हामी खाद्यान्न, फलफूल, तरकारी, दुग्ध पदार्थसहित सबै क्षेत्रमा परनिर्भर भयौं । आयातबाट उठेको राजस्वले देश चल्ने भएकाले सरकारले पनि उत्पादनमूलक उद्योग, कृषि विकासमा ध्यान दिएन । सरकारको प्राथमिकता नै आयातबाट कर उठाउने र त्यसै करबाट देश सञ्चालन गर्नु रहेकोले देश अझ परनिर्भर हुँदै गयो । वैदेशिक रोजगारीमा गएका मानिसले पठाएको रेमिट् यान्सको रकमबाट गाउँ छोडी शहरतर्फ आएर किनेर खाने परिपाटी भएकाले पहाडी क्षेत्रका अधिकांश कृषियोग्य जमिन बाँझो रहे । शहरी क्षेत्रमा माओवादी आक्रमण, कठोर श्रम कानून, स्थानीयको अनावश्यक हस्तक्षेप, सरकारी नीतिको कार्यान्वयन पक्ष उद्योगमैत्री नहुनु, बढ्दो भ्रष्टाचार तथा कुशासनले गर्दा विस्तारै मुलुक संस्थागत र नीतिगत भ्रष्टाचार तथा माफियातन्त्रतर्फ  उन्मखु हुँदै गयो । बढ्दो आयातले गर्दा उठेको राजस्वबाट औद्योगिक विकास र आत्मनिर्भर अर्थतन्त्रतर्फ कुनै उल्लेख्य कार्य भएन । २०७२ सालमा गणतान्त्रिक नेपालको संविधान जारी भई संघीयताको आधारमा राज्य सञ्चालन भएपछि पुन: शासन सत्ता बिकेन्द्रित भई मुलुकले आर्थिक विकासको पाटोमा नयाँ शिराबाट काम शुरू गर्ने आशा आम जनतामा पलाएकोमा त्यसपछि पनि तदनुरुप हुन सकेन । त्यस बखत पनि २ वर्षसम्म आम निर्वाचन नभई संक्रमणकालीन अवस्थामै मुलुक रह्यो । राज्यको सम्पूर्ण ध्यान राजनीति, राजनीतिक दल र तिनीहरूको निहित स्वार्थसिद्धितर्फ नै गयो । आर्थिक अपचलनका ठूलाठूला विषय, ठेक्कापट्टा, खरीदबिक्री, सरकारी सम्पत्तिको अपचलनजस्ता विषयमा ठूला दलका मुख्य नेतृत्वले सिन्डिकेट खडा गरेर भ्रष्टाचार गर्दै गए । २०७४ मा आम निर्वाचन सम्पन्न भयो । आम निर्वाचनमा नेकपाले झन्डै दुई तिहाइ बहुमतका साथ विजय प्राप्त गरेकोले मुलुकमा राजनीतिक स्थिरता कायम भई सरकार आर्थिक स्थिरता एवम् विकासतर्फ लाग्ने आशा आम जनताको थियो । निर्वाचनपछि पनि सरकारको ध्यान आर्थिक विकासमा परेन । आम निर्वाचनको २ वर्षपछि नै सत्तारुढ दलभित्रको आन्तरिक विवाद सतहमा आयो । सरकार भ्रष्टाचारका ठूलाठूला काण्डमा मुछिँदै गयो । आम भ्रष्टाचार, संस्थागत भ्रष्टाचार, सिन्डिकेटगत भ्रष्टाचारका नयाँनयाँ स्वरुप देखिन थाले । भ्रष्टाचारीमाथि कारवाही गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग या खाली राखियो या आफ्ना स्वार्थका मानिस नियुक्त गरी यो संस्थालाई निरीह बनाइयो । निहित राजनीतिक स्वार्थको लागि २/२ पटक प्रतिनिधिसभा भंग गरियो । फलत: सत्तारुढ दलबीचको लामो अन्तरद्वन्द्वले सत्तारुढ दल ३ टुक्रामा विभक्त भयो र आपसी जोडघटाउका आधारमा मुलुक नयाँ सरकार गठनतर्फ उन्मुख भयो । यहाँ पनि हामी राजनीतिक स्थिरता प्राप्त गरी आर्थिक विकासमा लाग्ने सुनौलो अवसरबाट चुक्यौं । अब गठबन्धनको नयाँ सरकार बनेको छ । मुखमा नै स्थानीय तह, प्रदेश तथा संघीय संसद्को निर्वाचन छ । राजनीतिक दलहरूबीचको अन्तरद्वन्द्व बढ्दो अवस्थामा छ । आजसम्म हामी राजनीतिक स्थिरता र आर्थिक विकासमा चुकेका चुक्यै छौं । वर्तमानमा कायम मुख्य राजनीतिक दलहरूको सोच, काम र व्यवहार हेर्दा निकट भविष्यमा आर्थिक विकासले प्राथमिकता पाउने संकेत देखिएको छैन । तैपनि आशा मार्न भने सकिएको छैन ।

महामारीमा बढ्दो हिंसा : प्रहरीको रेकर्डमा ४३४६ महिला र बालबालिका ‘गायब’

कोभिड–१९ महामारीको पहिलो संक्रमण शुरु भएसँगै २०७६ चैत ११ बाट देशभर लकडाउन भयो । त्यसयता नागरिकको जीवन कष्टकर बन्दै गयो । अहिले, महामारीको दोस्रो लहर चलिरहेको छ । महामारी बढेसँगै महिला र बालबालिकामाथि हुने हिंसा एवं बलात्कारका घटना बढेका छन् ।कोभिड–१९ शुरु भएसँगै बलात्कार र घरेलु हिंसाको ग्राफ बढेको प्रहरी प्रधान कार्यालयको तथ्यांकले देखाएको छ । कोभिड–१९ को अवधि २०७६ चैतदेखि २०७८ असारसम्म ८ हजार ६६९ जना महिला तथा बालबालिका हराएका थिए । तीमध्ये ४ हजार ३४६ जना फेला परेको रेकर्ड प्

प्रदेश १ मा आएको ९६ हजार कोरोना खोप खोइ ?

कोभिसिल्डको पहिलो डोज लगाएका २ लाख ५६ हजार ३ सय ९१ जना ज्येष्ठ नागरिक र फ्रन्टलाइनर दोस्रो डोज लगाउन नपाइरहेको बेला प्रदेश १ मा आएकोमध्ये ९६ हजार ८ सय ९९ डोज कहाँ गयो भन्ने कुनै रेकर्ड नै छैन ।

भूकम्प शृङ्खलाका सङ्केत

गत २०७९ कात्तिक २३ गते पश्चिम नेपालको डोटी जिल्लाको खप्तडबाबा आश्रम आसपास केन्द्रबिन्दु भएको ६.६ रेक्टर स्केलको भूकम्प गयो । त्यसका करिब ७९६ परकम्प रेकर्ड भए । सो भूकम्पबाट छ जनाको मृत्यु भयो । त्यसैगरी माघ १० गते बाजुरा जिल्लाको विछिया आसपास ५.९ रेक्टर स्केलको भूकम्प गयो । त्यसका करिब १२६ परकम्प रेकर्ड भए । सो भूकम्पका कारण एक जनाको मृत्यु भयो । पुनः बाजुरा जिल्लाको सोही क्षेत्र आसपास फागुन १० गते ५.२ रेक्टर स्केलको भूकम्प गयो । यी भूकम्पका धक्का भारतका विभिन्न स्थानलगायत राजधानी नयाँदिल्लीसम्म महसुस गरिएको थियो । यी भूकम्पले डोटी, बाजुरा र बझाङमा सयौँ घर भत्किएको समाचार आए ।

आज मात्रै देशभरमा २० जनाको ज्यान गयो, यस्तो छ प्रहरीको रेकर्ड

काठमाडौं : बुधबार मात्रै देशैभरबाट २० जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्तीमा देशका विभिन्न स्थानमा सवारी दुर्घटना, डुबेर, लडेरलगायतका घटनाबाट ज्यान गएको उल्लेख गरिएको छ। यस्तो छ प्रहरीको रेकर्ड: कुपिटबाट  मृत्यु  ताप्लेजुङ  :  आठराई त्रिवेणी...

कम्पविनाको भूकम्प

मंसिर २२ गते साँझ करिब ७ वा ८ बजे, राष्ट्रिय भूकम्पमापन केन्द्रमा रहेको फोनको घन्टी बज्यो । भूकम्पमापन केन्द्रमा यस्तो फोनको घन्टी बज्नु अब सामान्य नै भइसकेको छ । खासगरी ०७२ सालको वैशाख १२ पछि । ‘हेलो, यो भूकम्पमापन केन्द्र हो ?’ फोनमा अलिकति हडबडाएको स्वर सुनियो । ‘हजुर हो । को बोल्नुभएको होला ?’ केन्द्रबाट सोधनी भयो । उताबाट सोधियो, ‘अहिले भर्खर जुन भूकम्प गयो नि, त्यो कति रेक्टर स्केलको थियो ?’ ‘भूकम्प ? अहिले भर्खर ?’ फोन उठाउने कर्मचारी अलिकति झस्के, ‘खोई हजुर, यता त त्यस्तो कुनै रेकर्ड भएको छैन । अहिले त कुनै भूकम्प आएकै छैन हजुर ।’