मुगु – मुगुमा तीन वटा खाद्य डिपो र दुई वटा बिक्री केन्द्रका गोदाम रित्तिएका छन् । गत आवको खाद्यान्न कोटाको चामल ढुवानी भइसकेको र यो चालु आवको नयाँ खाद्यान्न कोटा ठेक्का टेण्डर स्वीकृत नहुँदा श्रीकोट, पुलु, सोरुकोट खाद्य डिपो र कालै, रातापानी बिक्री केन्द्रका गोदाम साउन महिनाको सुरुआतमै रित्तिएका हुन् । गमगढीस्थित खाद्य व्यवस्था तथा […]
मुगु । मुगुको सोरुकोटमा रहेको डिपो कार्यालयबाट पसलका साहुजीले चामल बिक्रीवितरण गर्दै आइरहेका छन् । जिल्लाको सोरु गाउँपालिका–६ मा रहेको सोरुकोट डिपो कार्यालयमा व्यापारीले चामल बिक्रीवितरण गर्दै आइरहेका हुन् । सोरुकोट बजारमै अनुप अर्डर सप्लायर्स पसलका प्रोपाइटर तथा सोरु गाउँपालिका–१ का पूर्ववडाध्यक्ष महेन्द्र शाहीले सोरुकोट डिपो कार्यालयको चामल बिक्रीवितरण गर्दै आइरहेका छन् । विगत १ […]
मुगु– मुगुमा सञ्चालित सुपथ मूल्य पसलबाट दशैं, तिहारलाई लक्षित गर्दै बिहीबारसम्म चार सय ४२ क्विन्टल चामल बिक्री भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा सञ्चालन भएको सुपथ मूल्य पसलबाट सो परिमाणको चामल बिक्री भएको खाद्य कम्पनीले जनाएको हो । दशैँ, तिहार, छठलगायतका चाडपर्वलाई मध्यनजर गर्दै गत १ असोजदेखि सञ्चालन […]
मुगु । मुगुमा सञ्चालित सुपथ मूल्य पसलबाट दशैं, तिहारलाई लक्षित गर्दै बिहीबारसम्म चार सय ४२ क्विन्टल चामल बिक्री भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा सञ्चालन भएको सुपथ मूल्य पसलबाट सो परिमाणको चामल बिक्री भएको खाद्य कम्पनीले जनाएको हो । दशैँ, तिहार, छठलगायतका चाडपर्वलाई मध्यनजर गर्दै गत १ असोजदेखि सञ्चालन […]
The post दशैं आइसक्यो तर मुगुको खाद्य डिपो केन्द्र पुलुमा अझै आएन चामल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
मुगु – मुगुमा सञ्चालित सुपथ मूल्य पसलबाट दशैं, तिहारलाई लक्षित गर्दै बिहीबारसम्म चार सय ४२ क्विन्टल चामल बिक्री भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा सञ्चालन भएको सुपथ मूल्य पसलबाट सो परिमाणको चामल बिक्री भएको खाद्य कम्पनीले जनाएको हो। दशैँ, तिहार, छठलगायत चाडपर्वलाई मध्यनजर गर्दै गत १ असोजदेखि सञ्चालन गरिएको सुपथ मूल्य […]
पुस २५, हुम्ला । खाद्यान्न आपूर्तिमा ढिलाइ हुँदा हुम्लाका खाद्य डिपोहरू रित्तिएका छन् । हुम्लाको सर्केगार्ड, श्रीनगर, ताजाकोट चंगेली, याङचु र याल्वाङमा पनि चामल छैन ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्थापना गरेका ग्रामीण क्षेत्रका खाद्य डिपोहरूमा चामल नहुँदा स्थानीयवासीलाई महँगोमा चामल किन्नुपर्ने बाध्यता भएको छ । गाउँका खाद्य डिपो खाली भएपछि बजारको महँगो चामल खरीद गरी उपभोग गर्नुपरेको स्थानीयवासीको भनाइ छ ।
लिमिटेड शाखा कार्यालय हुम्लाले हिन्दूहरुको महान पर्व दसैं तिहारको अवसरमा खाद्यान्न विक्री वितरण गरेपछि ती खाद्य डिपोहरू रित्तिएका हुन् । चालू आर्थिक वर्षको पाँच महिना बित्न लाग्दा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न ढुवानी कार्य शुरु हुन सकेको छैन ।
लिमिटेडको हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीका अनुसार चालू आर्थिक वर्षका लागि हवाई तथा पैदल मार्गबाट ढुवानी हुने गरी २१ हजार ५०० क्विन्टल खाद्यान्न कोटा निर्धारण भएको थियो ।
हवाई मार्गबाट ढुवानीका लागि सीता एयरलाइन्सले टेन्डर स्वीकार गरेको छ । हिमपातका कारणले खाद्यान्न ढुवानी गर्न नसकिएको बताइएको छ । चालू आर्थिक वर्षका लागि हुम्लामा २१ हजार ५०० क्विन्टल खाद्यान्न कोटा निर्धारण गरिएको भएपनि हालसम्म एक हजार क्विन्टल चामल मात्र प्राप्त भएको लिमिटेडको हुम्ला शाखा प्रमुख अधिकारीको भनाइ छ ।
खाद्य गोदाममा आएको उक्त चामल मृतकका परिवार वा सुत्केरीलाई आपत्विपत् तथा चाडपर्वमा वितरण गरेर बाँकी रहेका चामल विभिन्न पार्टीको अधिवेशनले गर्दा सकिएकोे थियो ।
हवाई मार्गबाट नेपालगञ्जदेखि चार हजार क्विन्टल र सुर्खेतदेखि ६ हजार क्विन्टल चामल ढुवानी हुनुपर्नेमा ढुवानी नभएकाले पैदल मार्गबाट श्रीनगर डिपो सर्केगाड डिपोमा आउनु पर्ने चामलसमेत आएका छैनन् ।
उक्त डिपोमा खच्चरबाट आउने खाद्यान्न यस वर्षको हिमपातले गर्दा ढुवानी गर्न नसिकएको बताइएको छ । हुम्ली जनता खाद्यान्न नपाउँदा भोकमारीको चपेटामा परेका छन् । जुनसुकै सरकार आए पनि हुम्लामा खाद्यान्नको अभाव हुने गर्छ । रासस
२२ मंसिर, गोरखा । उत्तरी गोरखाका खाद्य डिपो रित्तिन थालेका छन् तर चालु आर्थिक वर्षको ६ महिना बित्नै लाग्दा पनि सुहलियत दरको चामल ढुवानी हुन सकेको छैन । अघिल्ला वर्ष ठेक्का प्रक्रिया सकेर असोज पहिलो साताबाट ढुवानी सुरु भइसक्थ्यो । यो वर्ष ठेक्का प्रक्रिया नटुङ्गिदा अहिलेसम्म चामल ढुवानी भएको छैन । खाद्य व्यवस्था तथा व्यापार […]
रुकुम । रुकुम पश्चिमको चौरजहारीमा खाद्य डिपो स्थापना गरिएको छ । यससँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चौरजहारीबाट पनि सरकारी अनुदानको चामल विक्री गरिने भएको छ । यसअघि रुकुम पश्चिमको सल्ले, आठबीसकोटको खदी र रुकुम पूर्वको शोभागाउँ रुकुमकोट र तकसेराबाट चामल विक्री हुँदै आएको थियो ।
चालू आर्थिक वर्षदेखि भने चौरजहारी नगरपालिकाबाट पनि चामल विक्री हुने डिपोका निमित्त प्रमुख चन्द्रबहादुर खड्काले जानकारी दिएका छन् । ‘स्थानीय मागका आधारमा चौरजहारीबाट चामल विक्रीको तयारी गरिएको हो,’ उनले भने । चालू आर्थिक वर्षमा चौरजहारीमा ७५० क्विन्टल चामलको कोटा निर्धारण भएको उनले जानकारी दिए ।
गत आर्थिक वर्षमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५ हजार क्विन्टल चामल विक्री गरेको छ । सल्लेमा १ हजार क्विन्टलको कोटा तोकेकोमा १ हजार ८०० र स्यालाखदीमा १ हजार क्विन्टलको कोटा रहेकोमा १ हजार ५०० क्विन्टल चामल विक्री भएको खाद्य संस्थान रुकुम सल्लेले जानकारी दिएको छ ।
त्यस्तै, रुकुमपूर्वको रुकुमकोट शोभागाउँ तथा तकसेरा विक्री केन्द्रबाट क्रमशः १ हजारको कोटा तोकिएकोमा १ हजार ८०० क्विन्टल चामल विक्री भएको छ ।द्द।छजल्लाका ६ ओटा सहकारीले पनि खाद्यको चामल गाउँमा लिएर सस्तोमा बेच्ने गरेको निमित्त प्रमुख खड्काले बताए । उनका अनुसार सहकारीले ८०० क्विन्टल चामल विक्री
गरेका थिए ।
कम्पनीले दशैं, तिहार, छठ र लकडाउनको समयमा पनि सुपथ मूल्यमा चामल विक्री गरेको थियो । दशैंमा २०० क्विन्टल र लकडाउनको समयमा २०० क्विन्टल चामल सुपथ मूल्यमा विक्री भएको कम्पनीले बताएको छ ।