रुकुम पश्चिमको चौरजहारीमा खाद्य डिपो स्थापना

रुकुम । रुकुम पश्चिमको चौरजहारीमा खाद्य डिपो स्थापना गरिएको छ । यससँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चौरजहारीबाट पनि सरकारी अनुदानको चामल विक्री गरिने भएको छ । यसअघि रुकुम पश्चिमको सल्ले, आठबीसकोटको खदी र रुकुम पूर्वको शोभागाउँ  रुकुमकोट र तकसेराबाट चामल विक्री हुँदै आएको थियो  । चालू आर्थिक वर्षदेखि भने चौरजहारी नगरपालिकाबाट पनि चामल विक्री हुने डिपोका निमित्त प्रमुख चन्द्रबहादुर खड्काले जानकारी दिएका छन् । ‘स्थानीय मागका आधारमा चौरजहारीबाट चामल विक्रीको तयारी गरिएको हो,’ उनले भने । चालू आर्थिक वर्षमा चौरजहारीमा ७५० क्विन्टल चामलको कोटा निर्धारण भएको उनले जानकारी दिए । गत आर्थिक वर्षमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५ हजार क्विन्टल चामल विक्री गरेको छ । सल्लेमा १ हजार क्विन्टलको कोटा तोकेकोमा १ हजार ८०० र स्यालाखदीमा १ हजार क्विन्टलको कोटा रहेकोमा १ हजार ५०० क्विन्टल चामल विक्री भएको खाद्य संस्थान रुकुम सल्लेले जानकारी दिएको छ । त्यस्तै, रुकुमपूर्वको रुकुमकोट शोभागाउँ तथा तकसेरा विक्री केन्द्रबाट क्रमशः १ हजारको कोटा तोकिएकोमा १ हजार ८०० क्विन्टल चामल विक्री भएको छ ।द्द।छजल्लाका ६ ओटा सहकारीले पनि खाद्यको चामल गाउँमा लिएर सस्तोमा बेच्ने गरेको निमित्त प्रमुख खड्काले बताए । उनका अनुसार सहकारीले ८०० क्विन्टल चामल विक्री गरेका थिए । कम्पनीले दशैं, तिहार, छठ र लकडाउनको समयमा पनि सुपथ मूल्यमा चामल विक्री गरेको थियो । दशैंमा २०० क्विन्टल र लकडाउनको समयमा २०० क्विन्टल चामल सुपथ मूल्यमा विक्री भएको कम्पनीले बताएको छ ।

सम्बन्धित सामग्री

रुकुम पूर्वका लागि १ हजार क्विन्टल चामलको कोटा स्वीकृत

वैशाख १२, रुकुम पूर्व । रुकुम (पूर्व) का लागि एक हजार क्विन्टल चामलको कोटा स्वीकृत भएको छ ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जिल्लाका लागि एक हजार क्विन्टल चामलको कोटा निर्धारण गरी स्वीकृत गरेको हो । योसँगै रुकुमकोटबाट खाद्यको चामल विक्री वितरण गर्न शुरुसमेत गरिएको छ ।  कम्पनीले जिल्लाको दुई ठाउँमा खाद्यको चामल आपूर्ति गर्ने गरेको छ । जिल्ला सदरमुकाम रुकुमकोट र पुथाउत्तरगंगा गाउँपालिकाको तकसेरामा आपूर्ति हुने गरेको खाद्य कम्पनीले जानकारी दिएको छ ।  चालू आर्थिक वर्षका लागि रुकुमकोटमा ५०० क्विन्टल र तकसेराका लागि ५०० क्विन्टल चामलको कोटा निर्धारण गरिएको छ । जिल्लामा छुट्टै खाद्यको शाखा कार्यालय स्थापना नहुँदा अहिले रुकुम (पश्चिम) शाखा वितरण कार्यालयमार्फत रुकुम (पूर्व) मा चामल आपूर्ति भइरहेको छ ।  दुईओटा जिल्लाको काम एकै ठाउँबाट गर्न असहज भए पनि अहिले दुईओटा जिल्लामा चामल आपूर्तिको काम गर्नुपर्ने बाध्यता रहेको रुकुम (पश्चिम) खाद्य डिपो कार्यालयका निमित्त शाखाप्रमुख चन्द्रबहादुर खड्काले बताए ।  उनका अनुसार रुकुम (पूर्व) मा ४२० क्विन्टल खाद्यको चामल आइसकेको छ भने बाँकी चामल आउन बाँकी छ । तकसेरामा ३६० क्विन्टल र रुकुमकोटमा ६० क्विन्टल चामल पुगिसकेको छ । जिल्लामा ५८० क्विन्टल चामल भित्रिन बाँकी रहेको रुकुम (पश्चिम) डिपो कार्यालयका निमित्त प्रमुख खड्काले बताए । बाँकी चामल असार मसान्तभित्रै जिल्लामा ल्याइसक्ने उनको भनाइ छ ।  जिल्ला मोटो चामल, सोना मन्सुली र जिरा मसिना चामल आइपुगेको छ । रुकुमकोटमा भने सिस्ने गाउँपालिका–६ छिप्रीदहस्थित समथिङ स्टोर पसलबाट खाद्यको चामल विक्रीवितरण भइरहेको रुकुमकोट उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञप्रकाश मल्लले जानकारी दिए । तकसेरामा भने पहिलो चरणमा पुगेको चामल विक्री भइसेकेको छ । रासस