दशैं आइसक्यो तर मुगुको खाद्य डिपो केन्द्र पुलुमा अझै आएन चामल

मुगु । मुगुमा सञ्चालित सुपथ मूल्य पसलबाट दशैं, तिहारलाई लक्षित गर्दै बिहीबारसम्म चार सय ४२ क्विन्टल चामल बिक्री भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा सञ्चालन भएको सुपथ मूल्य पसलबाट सो परिमाणको चामल बिक्री भएको खाद्य कम्पनीले जनाएको हो । दशैँ, तिहार, छठलगायतका चाडपर्वलाई मध्यनजर गर्दै गत १ असोजदेखि सञ्चालन […] The post दशैं आइसक्यो तर मुगुको खाद्य डिपो केन्द्र पुलुमा अझै आएन चामल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

खाद्य कम्पनीको चामल उपभोग गर्ने बढे

ताप्लेजुङ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, ताप्लेजुङबाट चामल खरीद गर्ने उपभोक्ता बढेका छन् । बजारमा चामलको मूल्यमा वृद्धि, ग्रामीण क्षेत्रसम्म पुगेको सडकको पहुँच लगायत कारण उक्त कम्पनीबाट चामल लिने उपभोक्ता बढेका हुन् । पछिल्ला महीनामा औसत १५० क्विन्टल चामल विक्री हुँदै आएको कम्पनीले बताएको छ । चामलको मूल्य समायोजन गरेर घटाइएकाले पनि उपभोक्ता बढेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङका निमित्त प्रमुख गोपाल राईले बताए । कम्पनीले गत पुस २० गतेदेखि बासमती चामलको मूल्य प्रतिकिलो रू. ९ घटाएको छ । प्रतिकिलो रू. ११४ मा विक्री हुँदै आएको उक्त चामल अहिले रू. १०५ मा पाइन्छ । यस्तै सोना चामल प्रतिकिलो रू. ४७ र जिरामसिना रू. ७० का दरले पाइन्छ । विगत वर्षमा यहाँको चामल न्यून मात्रामा विक्री हुन्थ्यो । बजार क्षेत्र र नजिकका गाउँका मानिसले मात्रै उपभोग गर्ने यहाँको चामल अहिले गाउँ–गाउँसम्म पुग्न थालेको छ । बजारमा अन्य काम विशेषले आएकाले पनि चामल लिएर फर्किने गरेको कार्यालयले बताएको छ । कार्यालयका अनुसार टाढाबाट आएकालाई कारण नखुलाई १० बोरासम्म दिने गरिएको छ भने सोभन्दा बढी लिनेले कारण खुलाई वडाको सिफारिशसमेत लिएर आउनुपर्ने हुन्छ । दशैं, तिहार जस्ता चाडपर्वमा छूट गर्दै आएको कार्यालयले अन्य समयमा समेत अवस्था हेरेर छूट दिने गरेको छ । जिल्लामा वार्षिक झन्डै एक हजार क्विन्टल चामल आउँछ । अहिले विक्री भइरहेको सरदर अवस्था हेर्दा अब थप गर्दै जानुपर्ने अवस्था आउने कार्यालयको अनुमान छ । जिल्लाका केही गाउँपालिकाले पनि खाद्य डिपो सञ्चालनका लागि परामर्श लिइरहेको बताइएको छ । रासस

मुगुको खाद्य डिपो केन्द्र पुलुमा अझै पुगेन चामल

मुगु– मुगुमा सञ्चालित सुपथ मूल्य पसलबाट दशैं, तिहारलाई लक्षित गर्दै बिहीबारसम्म चार सय ४२ क्विन्टल चामल बिक्री भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा सञ्चालन भएको सुपथ मूल्य पसलबाट सो परिमाणको चामल बिक्री भएको खाद्य कम्पनीले जनाएको हो ।   दशैँ, तिहार, छठलगायतका चाडपर्वलाई मध्यनजर गर्दै गत १ असोजदेखि सञ्चालन […]

मुगुको खाद्य डिपो केन्द्र पुलुमा अझै आएन चामल

मुगु – मुगुमा सञ्चालित सुपथ मूल्य पसलबाट दशैं, तिहारलाई लक्षित गर्दै बिहीबारसम्म चार सय ४२ क्विन्टल चामल बिक्री भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा सञ्चालन भएको सुपथ मूल्य पसलबाट सो परिमाणको चामल बिक्री भएको खाद्य कम्पनीले जनाएको हो। दशैँ, तिहार, छठलगायत चाडपर्वलाई मध्यनजर गर्दै गत १ असोजदेखि सञ्चालन गरिएको सुपथ मूल्य […]

रुकुम पश्चिमको चौरजहारीमा खाद्य डिपो स्थापना

रुकुम । रुकुम पश्चिमको चौरजहारीमा खाद्य डिपो स्थापना गरिएको छ । यससँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चौरजहारीबाट पनि सरकारी अनुदानको चामल विक्री गरिने भएको छ । यसअघि रुकुम पश्चिमको सल्ले, आठबीसकोटको खदी र रुकुम पूर्वको शोभागाउँ  रुकुमकोट र तकसेराबाट चामल विक्री हुँदै आएको थियो  । चालू आर्थिक वर्षदेखि भने चौरजहारी नगरपालिकाबाट पनि चामल विक्री हुने डिपोका निमित्त प्रमुख चन्द्रबहादुर खड्काले जानकारी दिएका छन् । ‘स्थानीय मागका आधारमा चौरजहारीबाट चामल विक्रीको तयारी गरिएको हो,’ उनले भने । चालू आर्थिक वर्षमा चौरजहारीमा ७५० क्विन्टल चामलको कोटा निर्धारण भएको उनले जानकारी दिए । गत आर्थिक वर्षमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५ हजार क्विन्टल चामल विक्री गरेको छ । सल्लेमा १ हजार क्विन्टलको कोटा तोकेकोमा १ हजार ८०० र स्यालाखदीमा १ हजार क्विन्टलको कोटा रहेकोमा १ हजार ५०० क्विन्टल चामल विक्री भएको खाद्य संस्थान रुकुम सल्लेले जानकारी दिएको छ । त्यस्तै, रुकुमपूर्वको रुकुमकोट शोभागाउँ तथा तकसेरा विक्री केन्द्रबाट क्रमशः १ हजारको कोटा तोकिएकोमा १ हजार ८०० क्विन्टल चामल विक्री भएको छ ।द्द।छजल्लाका ६ ओटा सहकारीले पनि खाद्यको चामल गाउँमा लिएर सस्तोमा बेच्ने गरेको निमित्त प्रमुख खड्काले बताए । उनका अनुसार सहकारीले ८०० क्विन्टल चामल विक्री गरेका थिए । कम्पनीले दशैं, तिहार, छठ र लकडाउनको समयमा पनि सुपथ मूल्यमा चामल विक्री गरेको थियो । दशैंमा २०० क्विन्टल र लकडाउनको समयमा २०० क्विन्टल चामल सुपथ मूल्यमा विक्री भएको कम्पनीले बताएको छ ।