हेटौंडा : मकवानपुरको राक्सिराङ गाउँपालिका–९ खैराङमा विषालु च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी परेका छन्।विषालु च्याउ खाँदा राक्सिराङ-९ का अशोककुमार प्रजाको परिवार नै बिरामी परेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालको अनुसार विषालु च्याउ खाँदा बिरामी परेकाहरुमा अन्यको अवस्था सामान्य रहेको छ भने ४ वर्षीय प्रेम प्रजाको स्थानीय स्वास्थ्य सस्थामा उपचार भइरहेको छ। च्याउ खाएपछि बान्ता आउने लगायतका समस्या भएपछि डन्टारस्थित स्वास्थ्य चौकीमा उनीह