अर्घाखाँची – विषालु च्याउ खाँदा अर्घाखाँचीको शितगंगा नगरपालिकामा तीन जना बिरामी परेका छन् ।
विषालु च्याउ खाँदा शितगंगा–३ साहुटोलका विजय भण्डारी, माया भण्डारी र तिलमाया भण्डारी बिरामी परेका हुन् ।
उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारपछि बुटवल रिफर गरिएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) होमनाथ रेग्मीले जानकारी दिनुभयाे ।
उनीहरूको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा उपचार भइरहेकाे र अवस्था सामान्य रहेको इन्स्पेक्टर रेग्मीले बताउनुभयाे ।