निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने जनप्रतिनिधि उम्मेदवारी दिनुअघि राजीनामा गर्ने व्यवस्था नगरेको भए ठुलो दुर्घटना हुने बताएको छ । आयोगले सोमबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले आचारसंहिता बनाएपछि राजीनामा दिएर मात्रै उम्मेदवारी दिने वातावरण बनेको दावी समेत गरे ।‘पदमै रहेर उम्मेदवारी दिने व्यवस्था गरेको र उजुरी परेको अवस्थामा उम्मेदवारी रद्ध हुने सम्भावना थियो । त्यो भन्दा अगावै आयोगले कानुनी व्यवस्थालाई ख्यालमा राखेर आयोगले यो