सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीलाई स्थानान्तरणको सुविधा दिने भएको छ । कोरोना भाइरसबाट प्रभावित भई विद्यार्थी अध्ययनका क्रममा अन्य जिल्लामा पुगेको हुन सक्ने भन्दै सरकारले एक पटकका लागि स्थानान्तरणको सुविधा उपलब्ध गराउने भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले शिक्षा नियमावलीमा आवश्यक संशोधन गरी स्थानान्तरणको सुविधा दिने प्रावधान समावेश गरिए