विश्वविद्यालय पदाधिकारीविहीन

उच्च शिक्षासँग सम्बन्धित महत्त्वपूर्ण निकाय पदाधिकारीविहीन भएका छन्। पछिल्लो समय विश्वविद्यालय अनुदान आयोग, त्रिभुवन विश्वविद्यालय सेवा आयोग तथा नेपाल खुला विश्वविद्यालयका परिषद् तथा विभाग रिक्त छन्। लामो समयदेखि नेतृत्वविहीन भएका यी निकायमा नयाँ नियुक्तिका लागि सम्बन्धित निकायले चासो दिएको छैन।नेपाल खुला विश्वविद्यालयमा सामाजिक शिक्षा, प्रविधि र व्यवस्थापन तथा कानुन सङ्काय २०७८ भदौदेखि डिनविहीन छ। त्यस्तै विज्ञान, स्वास्थ्य र प्रविधि सङ्कायका डिन पनि गत पुसदेखि रिक्त छ। उपकुलपति डा. शिलु मानन्ध

सम्बन्धित सामग्री

तीन विश्वविद्यालय पदाधिकारीविहीन, उपकुलपति नियुक्ति प्रक्रिया नै अन्योलमा

तीन विश्वविद्यालयले कहिले उपकुलपति पाउने छन् भन्नेमा अन्योल सिर्जना भएको छ । पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा उपकुलपति रिक्त छन् र काम चलाउनका लागि कसैलाई पनि जिम्मेवारी दिइएको छैन । विश्वविद्यालयमा उपकुलपति रिक्त हुनुअघि नै प्रक्रिया थालेर नयाँ उपकुलपति छनोट गर्ने र उपकुलपतिको पदावधि सकिएकै दिन नयाँलाई प्रतिस्थापन गर्ने विधि राज्यले अँगाल्न सकेको छैन । शिक्षाविद्हरू राष्ट्रिय सभामा सांसदको अवधि सकिए अगाडि नै नयाँ सांसदको छनोट भइसक्ने र रिक्त भएको भोलिपल्टै नयाँलाई शपथग्रहण गराउने अभ्यास जस्तै विश्वविद्यालयमा पनि गर्न सकिने बताउँदै त्यसतर्फ कसैको सोच नगएकोमा शिक्षाविदहरूले दुःख व्यक्त गरेका छन् ।

राजनीतिक दाउपेचको शिकार बने विश्वविद्यालयका सेवा आयोग

२२ साउन, काठमाडौं । १८ साउन २०७९ देखि पदाधिकारीविहीन भएको त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा सरकारले अहिलेसम्म नियुक्ति गर्न सकेको छैन । विश्वविद्यालयका सहकुलपतिसमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको संयोजकत्वमा रहने समितिको सिफारिसका आधारमा प्रधानमन्त्रीले अध्यक्ष नियुक्ति गर्ने व्यवस्था छ । तर राजनीतिक नेतृत्व पदाधिकारी नियुक्तिमा उदासिन बन्दा गतवर्ष नै स्थगित भएका शिक्षक तथा कर्मचारीको परीक्षा […]

पदाधिकारीविहीन विश्वविद्यालयको तयारी

काठमाडौं । विश्वविद्यालयहरूमा दलीय भागबन्डामा पदाधिकारी नियुक्ति गर्ने परम्पराको अन्त्य गर्दै सरकारले कुलपति, सहकुलपति तथा उपकुलपति नहुने गरी मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एमबीयू) स्थापना गर्न लागेको छ । विश्वविद्यालय स्थापनासम्बन्धी विधेयक सोमबार सङ्घीय संसद्को प्रतिनिधि सभाबाट पारित भएको छ । अब राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपति कार्यालयले प्रमाणित गरेपछि विधेयकले कानुनी मान्यता प्राप्त […]

भद्रगोल खुला विश्वविद्यालय

काठमाडौँ । ठूलो अपेक्षा गरिएको खुला विश्वविद्यालय भद्रगोल प्रायः छ । मानविकी, विज्ञान र व्यवस्थापन संकाय पदाधिकारीविहीन छन् । तीनै संकायमा डीन नियुक्त गरिएको छैन । सुविधासम्पन्न पुस्तकालय छैन भने पर्याप्त बजेट पनि छैन । भवन निर्माण भइसकेको छैन भने आफ्नै सर्भर पनि छैन । उच्च शिक्षामा कामकाजी नागरिकको सहज...

खुला विश्वविद्यालय ८ महिनादेखि पदाधिकारीविहीन

६ पुस, काठमाडौं । खुला विश्वविद्यालय आठ महिनादेखि पदाधिकारीविहीन हुँदा दैनिक कामकाजमै समस्या भएको छ । उपकुलपति प्रा.डा. लेखनाथ शर्मा जेठ १७ गते र रजिस्ट्रार सहप्रध्यापक कमल ढकाल जेठ २० गते  कार्यकाल पूरा गरेर विदा भएपछि खुला विश्वविद्यालय पदाधिकारीविहीन छ । हाल विज्ञान, स्वास्थ्य तथा प्रविधि संकायका डीन प्रा. डा. इन्द्रबहादुर कार्की निमित्त उपकुलपतिको जिम्मेवारीमा […]

नेपाल खुला विश्वविद्यालय पाँच महिनादेखि पदाधिकारीबिहीन

१७ कात्तिक, काठमाडौं । नेपाल खुला विश्वविद्यालय करिब पाँच महिनादेखि पदाधिकारीबिहीन बनेको छ । तत्कालीन उपकुलपति प्रा.डा.लेखनाथ शर्माको कार्यकाल गत जेठ १७ गते र तत्कालीन रजिस्ट्रार सहप्रध्यापक कमल ढकालको कार्यकाल गत जेठ २० गते पूरा भएपछि पदाधिकारी बिहीन बनेको हो। पदाधिकारीविहीन हुँदा विश्वविद्यालयको दैनिक कार्यसम्पादनमा असर परेको निमित्त उपकुलपति प्रा.डा इन्द्रबहादुर कार्कीले बताए । विज्ञान, […]

५ महिनादेखि खुला विश्वविद्यालय पदाधिकारीविहीन

काठमाडौँ– नेपाल खुला विश्वविद्यालय करिब पाँच महिनादेखि पदाधिकारीविहीन रहेको छ । तत्कालीन उपकुलपति प्राडा लेखनाथ शर्माको चार वर्षको कार्यकाल गत जेठ १७ गते पूरा भएपछि विश्वविद्यालयमा उपकुलपति छैनन् । विज्ञान, स्वास्थ्य तथा प्रविधि संकायका डीन प्राडा इन्द्रबहादुर कार्की निमित्त उपकुलपतिको जिम्मेवारीमा छन् । कुलसचिव (रजिस्ट्रार) पद पनि रिक्त छ । तत्कालीन रजिस्ट्रार सहप्रध्यापक कमल ढकालको […]

https://www.onlinekhabar.com/2020/07/885611

१५ साउन,काठमाडौं । पोखरा विश्वविद्यालय लामो समयदेखि पदाधिकारीविहीन भएको भन्दै विद्यार्थीहरुले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । विश्वविद्यालका कुलपतिसमेत रहेका प्रधानमन्त्रीले अनेरास्ववियूका नेताहरुले ज्ञापनपत्र बुझाएका हुन् । पोखरा विश्वविद्यालयमा उपकुलपति, रजिष्ट्रारलगायत पदाधिकारी नियुक्ति …

देशभरका क्याम्पस आजदेखि स्ववियुविहीन

काठमाण्डाै - देशभरिका क्याम्पस आजदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पदाधिकारीविहीन भएका छन् । आज हुने भनिएको स्ववियु निर्वाचन नभएपछि २०७३ सालमा निर्वाचन भएका क्याम्पसका स्ववियु पदाधिकारीको कार्यकाल सकिएको हो ।        विशेष कारण देखाउँदै त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्को...

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय तीन महीनादेखि पदाधिकारीविहीन

कञ्चनपुर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय तीन महीनादेखि पदाधिकारीविहीन अवस्थामा रहेको छ । विश्वविद्यालयका